Aamsanchar

पत्रकारिता सिकाउदै सूर्योदय टीभी

Author Image
आइतवार, जेठ २, २०७३

13239285_10201496465651696_4331598411415724124_n

बिर्तामोड । बिर्तामोडस्थित स्पेश लिङ्क टिभी एण्ड मिडिया प्रालिद्वारा सञ्चालित सूर्योदय टेलिभिजनका लागि आधारभूत पत्रकारिता सम्बन्धी १५ दिने प्रशिक्षण आइतबारदेखि शुरु भएको छ ।
सूर्योदय टेलिभिजनको आयोजनामा सञ्चालक समितिका अध्यक्ष मनोज उप्रेतीको अध्यक्षतामा भएको तालिमको उद्घाटन प्रमुख अतिथि नेपालकी प्रथम महिला रिक्सा चालक फूलमाया धिमालले गरेकी थिइन् । तालिममा ९० जना प्रशिक्षार्थी सहभागी रहेको टेलिभिजनका मेनेजर यम बिमलीले जानकारी दिए ।
कार्यक्रमको पहिलो दिन पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश पोखरेल, पत्रकार महासंघ झापाका सचिव एकराज गिरी र हरि सिटौलाले आफ्नो अनुभवका साथै प्रशिक्षण दिएका थिए ।
उद्घाटन समारोहमा ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (वान) का उपाध्यक्ष कुमार भट्टराई, प्रेस युनियनका अध्यक्ष कृष्ण हुमागाईं, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, एनएमसीका डम्बर बस्नेत, झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, राष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष सुवास भट्टराई, वीरता जेसीजका अध्यक्ष सजेश सिवाकोटी, वीरता लेडी जेसीजकी अध्यक्ष रजनी बजगाईं, रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोल, कञ्चनजङ्घा एफएमका सम्पादक केशव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।
प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले स्वागत गरेको कार्यक्रम मेनेजर विमलीले सञ्चालन गरेका थिए । आगामी असोजबाट औपचारिक प्रशारणमा आउन लागेको टेलिभिजनको सञ्चालकमा युवराज दाहाल, रामकुमार बुढाथोकी, कृष्णप्रसाद खरेल, दीर्घ प्रसाईं र कार्यक्रम निर्देशकमा टीकाराम नेती रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर