Aamsanchar

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

Author Image
सोमवार, जेठ ३, २०७३

chatyang

तनहुँ । जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति ११ बजे मृत्यु भएको छ ।

गुलाबी राना शक्त घाइते भई थप उपचारका लागि पोखरा पठाइएको जानकारी प्राप्त भएको छ ।

त्यसैगरी सोही वडा निवासी वर्ष ५५ की एनिमाया थापाको घरमा चट्याङ पर्दा घाइते भई अस्पताल लैजाँदै गर्दा बाटौमै मृत्यु भएको छ ।

सोही वडा निवासी ऋषिराम थापाको चट्याङले गर्दा चार वटा गाई, तीन वटा बाख्रासमेत मरेको जिल्ला प्रहरी कार्यालय तनहुँका नायव प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
बुधवार, वैशाख ५, २०८१