Aamsanchar

पत्रकारले बनाए विद्यालय भवन

Author Image
सोमवार, जेठ ३, २०७३

school-1-358x300

 

चितवन । चितवनका पत्रकारको सामाजिक अभियान हामीले नगरे कसले गर्नेले चितवनको विकट चेपाङ गाउँमा विद्यालय बनाएको छ ।

गत साल वैशाख १२ गतेको भूकम्पले भत्काएको लोथर गाविस–७ स्यामराङस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको दुईकोठे भवन समुदायमा हस्तान्तरण गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले विद्यालय भवनको आइतबार उद्घाटन गर्नुभएको हो । जिल्ला सदरमुकामबाट उत्तरपूर्वी लोथर गाविसको सिरानमा पर्ने सो गाउँमा टोलीले छ महिना लगाएर करिब रु १८ लाख खर्च गरी विद्यालय भवन बनाएको हो ।

देश विदेशबाट नेपाली तथा विदेशीले सङ्कलन गरी पठाएको रकम संयोजन गरी अभियानले भवन पुनःनिर्माण गरेको अध्यक्ष विनोद रिजालले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकामबाट करिब सात घन्टा लगाएर सो ठाउँमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी सिंह, जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याललगायत सरकारी अधिकारीले विकट क्षेत्रमा आएर पत्रकारको टोलीले गरेको यो प्रयास अनुकरणीय रहेको बताउनुभयो ।

भवन निर्माणका लागि सबैभन्दा बढी चितवन सहायता कोष (क्याट) बेल्जियमले सहयोग गरेको छ । क्याटमार्फत प्रभा न्यौपाने र रेणुकान्त न्यौपानेले रु सात लाख ५० हजार रकम सहयोग गरेको अभियानले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)