Aamsanchar

सशस्त्रका डिएसपीको मामाघरमा कुखुरा खोर बनाउँदै प्रहरी

Author Image
सोमवार, जेठ ३, २०७३

khor-660x330

इलाम

सशस्त्र प्रहरी बलको काम के हो ? सीमा सुरक्षा गर्ने, दंगा नियन्त्रण गर्ने र तस्करी रोक्ने । तर, इलाममा सशस्त्र प्रहरीको जिम्मेवारी फरक छ । त्यहाँ हाकिमका मावलीको घरमा कुखुराको खोर बनाउने जिम्मा पनि सशस्त्र प्रहरीलाई छ । तस्बिरमा देखिएका युवाहरू बर्दी नलगाए पनि सशस्त्र प्रहरीका जुनियर अधिकारी हुन् । उनीहरू इलामको श्रीअन्तु गुल्मका गुल्मपति डिएसपी लकेश तुम्बाहाम्फेका मामाको घरमा कुखुराको खोर बनाउँदै छन् । स्थानीय दीपराज आङदेम्बेलाई कुखुरा पाल्न मन लाग्यो । तर, खोर बनाउने कसले ? समस्याको समाधान सशस्त्र प्रहरीका हाकिमले गरिदिए ।

उनका भान्जाभाइ तुम्बाहाम्फे प्रहरीका डिएसपी भएकाले जवानहरू खोर बनाउन खटिए । गुल्मपतिले थर्काएपछि फार्म बनाउन तयार आइतबार दिनभरि श्रीअन्तु गुल्मका वरिष्ठ प्रहरी हवल्दार दुर्गासिंह नेम्वाङ, वरिष्ठ प्रहरी हवल्दार दानबहादुर राई र सहायक हवल्दार गंगा खवास कुखुराको खोर बनाउन खटिएका थिए । सुरुमा उनीहरूले अरूको काम गर्न जान अस्वीकार गरेपछि डिएसपी तुम्बाहाम्फेले थर्काएर पठाएको गुल्म स्रोत बताउँछ । डिएसपीले स्विकारे– सहयोग गर्न प्रहरी गएका हुन् डिएसपी तुम्बाहाम्फेले सशस्त्र प्रहरीका जुनियर अधिकारीहरू मामाको घरमा गएको स्विकार्दै उनीहरूले सामान्य सहयोग गरेको बताए ।

‘म मावलीमा गएको हो, म जाँदा खोर बनाउने काम भइरहेको रहेछ, मौका परेकाले  मेरा ‘केटा’हरूले टहरो बनाउन सहयोग गरेका हुन्, यो ठूलो विषय होइन,’ उनले नयाँ पत्रिकासँग भने । व्यक्तिगत काममा खटाएको पाइए कारबाही स्रोतका अनुसार दुई दिनदेखि डिएसपी तुम्बाहाम्फेले प्रहरीका जुनियर अधिकारीलाई आफ्ना मामाको घरमा काममै खटाएका थिए । तीनजना  प्रहरी बिहानदेखि बेलुकासम्म टहरो बनाउन खटिएका छन् । सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी शैलेन्द्र खनालले घटनाबारे छानबिन हुने बताए ।

‘व्यक्तिगत काममा त्यसरी सुरक्षाकर्मी खटाउन पाइन्न, खटाइएको रहेछ भने कारबाही हुन्छ,’ खनालले भने । पाँच हजार प्रहरी घरेलु कामदार ? पहुँचका आधारमा प्रहरीलाई घरेलु कामदारको रूपमा लगाउने प्रवृत्ति नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रहरीमा बढ्दै गएको छ । दुवै निकायमा गरी करिब पाँच हजार प्रहरी हाकिम, नेता तथा पहुँचवाला व्यक्तिको घरमा खटिएका छन् ।

प्रहरीका बहालवाला तथा अवकाशप्राप्त हाकिमहरूको घरमा ठूलो संख्यामा प्रहरी जवान कार्यरत छन् । चालक र सहयोगीका रूपमा हाकिमहरूले सिपाहीहरूलाई नियमविपरीत प्रयोग गर्दै आएका नया पत्रिकाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर