![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौँ । देशको विभिन्न भागमा फैलिएको डढेलोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रभित्रका ६० हजारभन्दा बढी हेक्टर वन क्षेत्र नष्ट भएको छ ।
यसअघि वन विभागले तीन लाख ५० हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा आगलागी भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागको तथ्याङ्कअनुसार सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्ज र सबैभन्दा कम कोसी टप्पु वन्यजन्तु आरक्षणभित्रको वन क्षेत्रमा आगो फैलिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा १९ हजार ३००, बाँके राष्ट्रिय निकुञ्जमा १६ हजार ५००, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज दुई हजार ६०५, शुक्लाफाँट वन्यजन्तु आरक्षण ६ हजार ८५४, चितवन राष्ट्रिय निकुञ्ज १८ हजार ६४०, कोसी टप्पु वन्यजन्तु आरक्षण एक हेक्टर र खप्तड राष्ट्रिय निकुञ्जमा ६ हेक्टर वन आगालागी भएको विभागका उपसचिव गोपालप्रकाश भट्टराईले जानकारी दिनुभयो ।
उहाँले आगलागी कम गर्न सम्बन्धित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षलाई निर्देशन दिइसकिएको बताउनुभयो । केही दिनयता देशका विभिन्न भागमा पानी परेका कारण वनमा फैलिएको आगलागीमा केही कमी आएको बताइएको छ ।