Aamsanchar

पानी उद्योगमा शिलबन्दी

Author Image
सोमवार, जेठ ३, २०७३

pani

काठमाडौं

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजधानीको मनमैजु क्षेत्रका तीन पानी उद्योगमा शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी वृत्त बालाजुसमेतको संयुक्त अनुगमनका क्रममा जेठ १ गतेदेखि जारको पानीको बिर्कोमा अनिवार्य रूपमा सिंक -याप लगाउनुपर्ने निर्देशन पालना नगरेको भन्दै विभागले आइतबार तीनवटा उद्योगमा शिलबन्दी गरेको हो ।

मनमैजु–४ स्थित समुल ग्रुप इन्डस्ट्रिज प्रालि, मनमैजु–३ स्थित क्रिष्टल एक्वा सर्भिस प्रालि र मनमैजु–५ स्थित एक्वा स्टार मिनरल वाटर उद्योग प्रालिमा विभागले शिलबन्दी गरेको हो । विभागले तीनैवटा उद्योगबाट उत्पादित पानीको उत्पादन तथा बिक्री वितरण रोक्का गरिएको विज्ञप्ति जारी गरी जानकारी दिएको छ । सिंक -यापसम्बन्धी नियम लागू भए नभएको विषयमा निरन्तर अनुगमन जारी रहने विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जनाएका छन् ।

हाल चल्तीमा रहेका एक लिटर र आधा लिटरको प्रशोधित पानीको बिर्कोमा झैं उद्योगको नाम, उत्पादन मिति, उपभोग्य मिति, ब्याच नम्बरलगायतको लेबलसहितको लेवर टाँस गर्नु नै सिंक -याप हो । विभागको गत फागुन ३० गतेको निर्णयबमोजिम प्रशोधित पानीको गुणस्तर कायम राख्न जेठ १ गतेदेखि सिंक ¥याप अनिवार्य गर्न उद्योगहरूलाई पत्राचार गरेको थियो । चलेकै उद्योगका नाममा उद्योग बाहिर नै जारको पानी भर्दै बजारमा सजिलै पाइने जारको नयाँ बिर्को लगाएर बिक्रीवितरणमा पठाउने गरेको गुनासोको सुनुवाइ गर्दै विभागले सिंक ¥याप अनिवार्य गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर