Aamsanchar

काठमाडौंको आन्दोलनमा बेलायतीको घुसपैठ, पक्राउ गरी कार्वाही सुरु

Author Image
सोमवार, जेठ ३, २०७३

aandolan

 

काठमाडौँ । सङ्घीय गठबन्धन नेपालको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायतीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

प्रजिअ रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेका उनले आफ्नो नाम मार्टिन पेवर भएको बताएका छन् । ती बेलायतीले राहदानी पाटनमा आफू बस्ने ठाउँमा भएको बताएकाले थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

केही दिनअघि नेपालका सम्बन्धमा अनावश्यक टिप्पणी गरेको भन्दै क्यानाडेली रोवर्ट पेनरलाई अध्यागमन विभागले प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिएको थियो । सोही आधारमा ती नागरिकले नेपाल छाडेका थिए । सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलमा २९ दलीय सङ्घीय गठबन्धनले आयोजना गरेको आन्दोलनमा युरोपेली मुलुकका जस्ता देखिने केही विदेशी समेत सहभागी रहेको भेटिएको थियो ।

आन्दोलनमा सहभागी विदेशीलाई कारबाही
सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा, ब्यानर र फेटासहित उपस्थित भएका विदेशीलाई सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले आइतबार र सोमबार आन्दोलनका क्रममा केही विदेशीको समेत संलग्नता भएको सूचनाका आधारमा मन्त्रालयले अनुसन्धान अगाडि बढाएकोे जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“आन्दोलनमा सहभागी हुनु अध्यागमन कानुन विपरीत हो । ”
प्रवक्ता कोइरालाले एक किसिमको प्रवेशाज्ञामा आएर आन्दोलनमा सहभागिता जनाउनु गम्भीर भएको बताउँदै उहाँले उनीहरुलाई प्रवेशाज्ञा खारेजसम्मको कारबाही हुन सक्ने बताउनुभयो । उहाँले आन्दोलनमा सहभागी भएकाहरुको तस्बिरका आधारमा खोजी भइरहेको समेत जानकारी दिनुभयो । आन्दोलनमा केही दातृ निकायको समेत सहयोग रहेको आशङ्कामा छानबिन भइरहेको छ । संविधानका केही बँुदाप्रति असन्तुष्टि जनाउँदै मधेसी, आदिवासी जनजाति सम्बद्ध केही दल आन्दोलनमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर