Aamsanchar

कालोपत्रेले ल्यायो खुशी,एलडीओले गरे उदघाटन

Author Image
सोमवार, जेठ ३, २०७३

f ldo

[रंजीत प्रसाई ]

झापा
झापाको धरमपुर वजारवाट लक्ष्मीनारायण उच्च मावी जाने वाटोमा निर्माण गरीएको कालोपत्रेको सोमवार एक कार्यक्रमका वीच उद्धघाटन गरीएको छ । कार्यक्रमका प्रमुख अथिती एवं झापाका स्थानी विकास अधिकारी खेमराज ओझाले कालोपत्रे निर्माण कार्य सम्पन्न उक्त वाटोको उदघाटन गर्नुभएको हो ।

जनताको ५० प्रतिशत हभागीतामा जिवीसले त्यसको आधा रकम अनुदान दिएपछी स्थानीयवासीले वाटो कालो पत्रे गरेका हुन । जीवीस र स्थानीयको १३ लाख ६८ हजार एक सय ७६ रुपैयाको लगानीमा वाटोको तीन सय ५७ मिटर खण्डमा कालो पत्रे निमार्ण कार्य सम्पन्न गरीएको उपभोक्ता समीतीका अध्यक्ष नारायणवहादुर थापाले जानकारी दिनुभयो ।

आगामी आर्थीक वर्षको निती तथा वजेटमा समेटीएको जनता संग ५० प्रतिशतको कालोपत्रे साझदारी कार्यक्रम अन्तर्गतको नमुना सडक धरमपुरमा कालो पत्रे गरीएको स्थानी विकास अधिकारी ओझाले वताउनु भयो । नमुना कालोपत्रे सडकको रुपमा भएको कार्य वास्तवमै नमुनाको रुपमा कालोपत्रे भएको उहाले वताउनु भयो । जनतालाई अपनत्व भए मात्र विकासका योजना निर्माण र संचालनमा प्रभावकारीता देखिने वताउदै उहाले कम लगानीमा उत्कृष्ट कार्य गर्न सकिने वताउनुभयो ।

वाटो कालोपत्रे भएपछी स्थानी उपझोक्त उत्साहीत भएका छन् । आफ्नै लगानी र सहभागीतामा सडक कालो पत्रे भएपछी उनीहरुमा विकास निर्माणका कार्यमा जुट्ने हौसला पनी वढको वताउछन् । गाउमा विकासको लहरै आएको अनभव भएको वताउदै धरमपुर ८ का स्थानीय उपभोक्ता ईन्द्र वहादुर कार्की राजमार्गमा मत्रै कालो पत्रे भएको आफ्नो गावीसको भित्री वजारमा पिच भएकाले अत्यन्तै खुसी भएको वताउनुहुन्छ ।

निर्माण समितीका सचिव भवानी नेपालले आर्थीक आयव्यय सार्वजनीक गर्नु भएको वाटो उद्घाटन कार्यक्रममा धरमपुर गाविस सचिव पूर्ण सम्सेर कुवर, नेपाली कंग्रेसका धरमपुर सभापती विनोद ढकाल, मेरीना लुईटेल लगायतले वोल्नु भएको थियो ।
सो अवसरमा स्थानी विकास अधिकारी खेमराज ओझालाई स्थानीयवासीले अभिनन्दन समेत गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर