![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
इलाम।
नेकपा (एमाले)का उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलामको पश्चिमी क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
इलामको एकतप्पास्थित जनकल्याण माविमा विद्यार्थी सहयोग अक्षयकोषद्वारा मङ्गलबार आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा नेता नेम्वाङले २ नम्बर क्षेत्र विकासको दृष्टिकोणले पछि परेकाले स्थानीयतहदेखि केन्द्रतहसम्म प्रयास गर्ने बताउनुभयो ।
“जिल्लाको पश्चिमी क्षेत्र विकासको दृष्टिले पछि परेको छ, यस क्षेत्रको विकासका लागि प्रयास गरिरहेको छु”, उहाँले भन्नुभयो । संविधान निर्माणपछि मुलुक आर्थिक क्रान्तितर्फ अघि बढेको जनाउँदै उहाँले आर्थिक विकासतर्फ लाग्न आग्रह गर्नुभयो ।
नेम्वाङले संविधान निर्माणमा देशले करिब ७० वर्षको समय खर्चेको हुँदा अबको समय अर्थतन्त्रका लागि ऊर्जाशील समय रहेको बताउँदै उहाँले संविधानमा देखिएको २७ बुँदामाथिको विवाद शान्तिपूर्ण ढङ्गले समाधान भएको र अब पनि नमिलेका कुरालाई शान्तिपूर्ण ढङ्गले नै लिएर जान सबै दललाई आग्रह गर्नुभयो ।
नेम्वाङले खेल मैदानका लागि बजेट विनियोजन गर्ने आश्वासन दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चबहादुर लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वविद्यार्थी, शिक्षक तथा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।