Aamsanchar

गैडाको खागजस्तो देखिने बस्तुसहित ४ जना पक्राउ

Author Image
शुक्रवार, वैशाख ४, २०८३

सुनसरी- सुनसरीको बर्जु गाउँपालिका–६ बर्जुतालको पूर्वीगेट इलाकाबाट हिजो साँझ गैडाको खागजस्तो देखिने बस्तुसहित ४ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

केही व्यक्तिद्वारा खागको अवैध कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपालको बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

मोलमोलाई गरिरहेकै अवस्थामा उल्लेखित वस्तुसहित बर्जु गाउँपालिका–६ चिमडी बस्ने ३९ बर्षिय राजेशकुमार उराउ, ३१ बर्षिय जीवन चौधरी, सोही गाउँपालिका–५ अमाहीबेला बस्ने ३३ बर्षिय रविनकुमार यादव र मोरङ पथरीशनिश्चरे नगरपालिका–१ फिल्महल लाइन बस्ने ४७ बर्षिय नारायणप्रसाद घिमिरेलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए।

पक्राउ परेकाहरुको साथबाट उल्लेखित वस्तुसहित प्र १–०३–००१ प ०२२८ र को ३६ प ६२१८ नम्बरको मोटरसाइकल, ४ थान मोबाइल सेट तथा करीब ६ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान लागि जिल्ला वन कार्यालय इनरुवा सुनसरीमा बुझाइएको भट्टले बताए।

 

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर