Aamsanchar

Author Image
बुधवार, जेठ ५, २०७३

हिरोइनहरु भोकै हुन्छन्

रेखाले भनिन्: हिरोइनहरु भोकै हुन्छन्
काठमाडौं –
सुन्दर अनुहार, मिलेको जिउ ज्यान र हेर्दा आकर्षक देखिनुपर्ने अभिनेत्रीहरुले फिगरमा ध्यान दिनु जरुरी छ। नेपाली फिल्म क्षेत्रकी स्थापित अभिनेत्री रेखा थापाका अनुसार अभिनेत्री भनेका जहिल्यै भोकै हुनुपर्ने भएपनि आफू भने भाग्यमानी भएको स्वीकार्छिन्।
‘संसारभरका अभिनेत्रीहरु भोकै हुन्छन्। सुन्दर देखिनुपर्ने हुँदा मिलाएर खानुपर्ने नियमित तालिकाले उनीहरु रोगीको जीवन बाँच्न बाध्य हुन्छन्,’अभिनेत्री थापा भन्छिन्,’म भने भाग्यमानी अभिनेत्री हुँ। कहिलेकाँही फिल्मको सुटिङमा जाँदा मोटाइयो भने तनाव हुन्छ। त्यसबाहेक कहिल्यै डाइटिङ गरेर फिगर बनाउने गर्दिन्।’

हाल ५८ केजी की अभिनेत्री थापा नियमित फिटनेस सेन्टर नधाउने मोटोपन घटाउन केही दिनपछि क्ल्ब, जुम्बा वा योगाको कक्षा लिने योजनामा छिन्। ‘आजसम्म जिम गएकी छैन्। भूकम्प गएकोबेला अमेरिकामा हुँदा मोटाएको जस्तो लागेर केही समय व्यायाम गरेको थिए’, रेखाले भनिन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर