Aamsanchar

नेपाली युवकको हत्या गर्ने दुई भारतीय पक्राउ

Author Image
बुधवार, जेठ ५, २०७३

hatya-1

नवलपरासी । नवलपरासीको दुम्किबासमा केही दिनअघि भएको युवक हत्या प्रकरणका दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

गत वैशाख २४ गते दुम्किबासमा वीभत्स हत्या गरिएका वृजमोहन गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा गुप्ताका साथी भारतीय नागरिक १७ वर्षीय सुरेन्द्रकुमार शाह र उनका सहयोगी २५ वर्षीय मुसाफिर खानलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गुप्ताको हत्या गरी फालिएको अवस्थामा दुम्किबासमा उनकै डेरा पछाडि मृतकको शव वैशाख २५ गते र टाउको १० दिनपछि दुम्किबास बजारदेखि डेढ किलोमिटर पूर्वको जङ्गलमा फेला पारेको थियो ।

टाउको भेटिएसँगै मृतक नवलपरासीको देउराली–६ झ्यालबास निवासी भारतीय मूलका २१ वर्षीय वृजमोहन गुप्ताको रहेको पुष्टि भएको छ ।

घटनाको अनुसन्धानको क्रममा शाह र खानलाई हत्यामा संलग्न रहेको पाइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।

रु २५ हजारको आर्थिक लेनदेनको विषयमा विवाद हुँदा उनकै साथी पक्राउ परेका शाह र खानले गुप्ताको घाँटी थिची हत्या गरी टाउको काटेर टाउको जङ्गलमा र शव कवाडी राख्ने ठाउँमा फालेको प्रहरी अनुसन्धानको क्रममा थाहा भएको छ ।

भारत घर भई हाल नवलपरासीको देउराली–६ झ्यालबासमा बस्दै आएका व्रिजमोहन गुप्ता कवाडीको व्यापारमा संलग्न थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर