Aamsanchar

किन हराउछन् महिला र बालबालिका ?

Author Image
बिहिवार, जेठ ६, २०७३

cheli-400x300-372x182

चितवन ।

जिल्लामा विगत पाँच वर्षमा एक हजार ३१४ जना हराएका छन् । जसमा सबैभन्दा बढी महिला रहेका छन् ।

महिला ७५४ जना छन् भने ४४५ जना बालबालिका र पुरुष ११५ जना रहेका छन् । जसमध्ये हालसम्म ४१५ जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका कक्षमा रहेको पञ्चवर्षे तालिकालाई हेर्दा आर्थिक वर्ष २०६८÷०६९ देखि हालसम्म चितवनमा हराएपछि भेटिएकामध्ये महिला २२३, बालबालिका १६१ र पुरुष ३१ जना रहेका छन् । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार बालबालिका र महिलालाई मानव ओसारपसार र घरेलु कामदारका रुपमा बढी प्रयोग गर्ने भएकाले उनीहरु धेरै हराएका हुन् ।

विशेषतः समाजमा व्याप्त रहेको छोराछोरीको विभेद र भेटिएको जानकारी नआउनुले मुख्य समस्या बनेको उहाँले बताउनुभयो । महिला र बालबालिकामा चेनताको वृद्धि हुन नसकेका कारण यसलाई न्यूनीकरण गर्न नसकिएको कुँवरले बताउनुभयो ।

कार्यालयका अनुसार चितवनमा चालु आवको १० महिनामा २१० जना हराएका छन् । जसमध्ये ७० जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार हराएकामध्ये सबैभन्दा बढी महिला १३४ जना रहेका छन् । यस वर्ष भने हराउनेमा महिला पछि पुरुष र बालिका रहेका छन् । पुरुष ३३, बालिका २३, र बालक २० जना हराएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

यस्तै आव ०६८÷६९ मा २११ जना, आव ०६९÷७० मा ३१३ जना, आव ०७०÷७१ मा ३४८ जना र आव ०७१÷७२ मा २२२ जना हराएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 384

प्रतिक्रिया (०)

सम्बन्धित खबर