Aamsanchar

तीन सर्जन, जसले गरे ५००० अप्रेशन

Author Image
शुक्रवार, जेठ ७, २०७३

dr b& c final
समस्या अनुसार विरामीको शरीरका अंग चिर्ने उनीहरूको काम । दैनिक चिरफार र अप्रेशनमै वित्छ दिन । चिरफार र सिलाई गरेर ठीकठाक गर्दा उनीहरू खुशी हुन्छन् । त्यसरी विरामीको विराम फ्याकेर बचाउनु पाउादा गर्व लाग्छ रे । उनीहरू अर्थात् तीन सर्जन डाक्टर–अनिल ढुंगाना, बासुदेव बास्कोटा र दामोदर पन्त । तीन जना एकसाथ काममा खटिन्छन् । पूर्वकै ठूलो सर्जन टिम हो यो, स्थापनादेखि नै वी एण्ड सी हस्पिटल बिर्तामोडमा सेवा दिइरहेका छन् उनीहरू । अहिलेसम्म साना–ठूला ५००० विरामीको अप्रेशन गरिसकेको छ वी एण्ड सीको सर्जन टिमले ।
मेजर तथा माइनर गरी महिनामा कम्तीमा १०० विरामीको अप्रेशन गर्छन् उनीहरू । पूर्वमै पहिलोपटक ‘फियो’को जटिल अप्रेशन गरेर विरामी बचाएको सुखद् अनुभव पनि छ उनीहरूसाग । चोट तथा दुर्घटनाका कारण फियोमा रक्तश्राव भई ज्यान गुमाउने अवस्थामा पुगेका दुई विरामीको अप्रेशन गरी फियो फ्याकेर बचाएको उनीहरूले सुनाए । भन्छन्– ‘दक्ष, अनुभवी सर्जन टिम तथा अत्याधुनिक प्रविधिकै कारण हामी सफल भएका हौं, हाम्रो सफलतासाग विरामीको जीवन र वी एण्ड सी हस्पिटलको सफलता पनि जोडिन्छ ।’ हस्पिटलमा एउटा समस्याको उपचार गराइरहादा अप्रेशन गर्दा विरामीमा अचानक अर्को समस्या पनि देखा पर्न सक्छ । त्यसको लागि तत्काल अर्को हस्पिटल, विभाग, चिकित्सककोमा पुर्‍याउनुपर्नेहुन्छ । यस्तो बेला विरामीको ज्यानै जान सक्छ । तर वी एण्ड सीमा आवश्यक सबै विभाग, चिकित्सक उपलब्ध रहेकाले चिकित्सकलाई सजिलो र विरामीलई कुनै जोखिम नरहेको उनीहरूको भनाइ छ । डा. वासुदेव भन्छन्– ‘काठमाडौं बाहिर एकै छानामुनि सबै रोगको उपचार, चिकित्सक र प्रविधि भएको हस्पिटल वी एण्ड सी नै हो ।’
जनरल सर्जरी विभाग अन्तर्गत पहिले टाउकोदेखि खुट्टासम्मका सबै खाले चिरफार अप्रेशन पथ्र्यो । तर प्रविधिको विकाससागै यो विधागत रूपमा विभाजित छ । डा. बासुदेव, डा. दामोदर र डा. अनिलको टिम पेट, छाती र स्तन क्यान्सरको अप्रेशनमा सक्रिय छ । छातीमा चोट लाग्दा, फोक्सोबाट रक्तश्राव हुने समस्या, फोक्सो–करङबीचमा पर्ने झिल्लीमा हावा भरिएर हुने समस्याको शल्यक्रिया त्यही टिमले गर्छ । अत्याधुनिक प्रविधिबाट प्वाल पारेर पित्तथैली, एपेन्डिक्सको अप्रेशन, किड्नीको स्टोन, हाइड्रोशिल, हर्निया, आन्द्रामा अल्सर भएको, बटारिएको, कुहिएको अवस्थाको सफल अप्रेशन गर्दै आएका छन् उनीहरू । ती समस्याको समयमा उपचार, अप्रेशन नहुादा विरामीको ज्यानै जाने हुन्छ ।
भनिन्छ– ‘चिकित्सकको बोली, व्यवहार प्रभावशाली भयो भने विरामीको आधा विराम स्वत: निको भएको महशुस हुन्छ ।’ वी एण्ड सीका यी तीन सर्जन यस्तै प्रभावशाली व्यवहार प्रस्तुत गर्छन् । अप्रेशन भन्ने वित्तिकै विरामी डराउने र नकारात्मक सोच्ने, अब बााच्नु यति नै रहेछ भन्नेसम्मको सोच्दछन् । तर ती तीन सर्जन अप्रेशन प्रक्रिया, लाग्ने समय, अप्रेशन गर्दा हुने फाइदाका बारेमा विरामी र कुरुवालाई सबै कुरा बताएर हौसला बढाएर तयारी गर्छन् । विरामी आत्तिदा, निराश हुादा समस्या आउने बताउादै उनीहरू विरामीको मनोबल उच्च छ र अत्तालिएनन् भने समस्या आउादैन भन्छन् ।
कतिपय हस्पिटलमा विरामीको अप्रेशनमा लापर्वाही भएको, अप्रेशनमा प्रयोग भएका ब्लेड, धागो जस्ता सामग्री पेट, अंगभित्र छुटेको जस्ता घटनाको समाचार पनि आउाछन् । त्यस्तो लापर्वाहीले कतिपयको ज्यानै पनि जाने गरेको छ । तर वी एण्ड सीमा अत्यन्त संवेदनशील भएर अप्रेशन गरिने संलग्न चिकित्सकको भनाइ छ । भन्छन्– ‘अप्रेशनको चरण हुन्छ । अप्रेशन अघि र अप्रेशन सकिन लाग्दा त्यो अप्रेशनमा कुन–कुन र कतिवटा सामान प्रयोग भएको थियो, त्यो सबै ठीक ठाउामा छ/छैन, निकालियो निकालिएन रुजु गरिन्छ । हेरेर हुादैन, गन्नैपर्छ । एउटाले गन्दै नाम भन्ने र अर्कोले बोर्ड तथा लेखिएको ठाउाबाट रुजु गर्छौ । यो चरणहरू ‘फलो’ गर्दा लापर्वाही हुन्न । तर, कतिपय हस्पिटलमा यसरी रुजु नगर्ने, हेरेर होलसेलमा काम गर्दा समस्या आउने गरेको पाइन्छ ।’
हस्पिटलका प्रबन्ध निर्देशक दुर्गा प्रसाई वी एण्ड सी स्थापनादेखि डा. अनिल, डा. बासुदेव र डा. दामोदरको टिमले जनरल सर्जरी विभागमा जटिल ‘केश’ पनि कुशलतापूर्वक ‘हेण्डल’ गरेको बताउाछन् । भन्छन्– ‘पूर्वकै ठूलो र अनुभवी सर्जन टिम हो यो ।’ काममा विश्वास गर्ने, हरेक पल विरामीको उपचारकै विषयमा छलफल र संलग्न हुने यही टिमले एक महिनामै १०० जना बढीको पित्तथैलीको सफल अप्रेशन पनि गरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरी बताउाछन् । मेशिनले छेडेर ‘ल्याप्रोस्कोपी’ प्रविधिबाट पित्तथैलीको उक्त अप्रेशन गरिएको पनि गिरीले बताए ।
वी एण्ड सी काठमाडौं बाहिरकै प्रविधि र जनशक्तिले पूर्णता पाएको हस्पिटल भएको सर्जन चिकित्सक बताउाछन् । ‘प्रविधि छ, दक्ष मानव स्रोत छ, शुलभता छ’– उनीहरू भन्छन्– ‘त्यसकारण वी एण्ड सी आइपुगेको मान्छे कुनै पनि रोगको उपचार नपाएर मर्ने अवस्था आउादैन ।’ समयानुकुल थप प्रविधि र जनशक्ति थप्दै जानुपर्ने पनि उनीहरूको सुझाव छ । ‘भव्य भवन र अत्याधुनिक प्रविधिका कारण वी एण्ड सी महंगो छ भन्ने भ्रम फैलाइएको छ’– डा. अनिल भन्छन्– ‘यहाा रोगको सही पहिचान र उपचार हुन्छ, यो अरुभन्दा महंगो छैन ।’
फिलिपिन्सबाट एमवीवीएस गरेका डा. अनिलले एमएस वीर हस्पिटलबाट गरेका हुन् । त्यसअघि उनले तीन बर्ष पाल्पाको मिशन हस्पिटल र पछि दुई बर्ष लुम्बिनी मेडिकल कलेजमा सेवा गरे । काठमाडौं सुकेधाराका वासिन्दा उनी दक्ष र अनुभवी सर्जन कहलिएका छन् । उनकी श्रीमती दिव्या शर्मा पनि डाक्टर हुन् । नाक, कान, घााटी रोग विशेषज्ञ डा. दिव्या पनि वी एण्ड सी मै सेवारत् छिन् ।
भैरहवाबाट एमवीवीएस गरेका डा. वासुदेवले कोहलपुरबाट एमएस गरे । त्यसअघि इलाम अस्पताल र पछि सोझै वी एण्ड सी आएका उनी पााचथर फिदिम–२का बासिन्दा हुन् । श्रीमती सुस्मिता वी एण्ड सी मै सिनियर नर्स छिन् । उनी आफ्नै गाउाघर र मेची अञ्चलवासीकै सेवामा समर्पित हुने अठोटले बिर्तामोड आएको बताउाछन् ।
डा. बासुदेवकै संगत र सहकर्मी भएकाले डा. दामोदर पनि बिर्तामोड आइपुगे । चीनबाट एमवीवीएस गरेका उनले कोहलपुरमै एमएस गरे । त्यसअघि पाल्पाको मिसन हस्पिटलमा सेवा गरेका थिए उनले । उनकी श्रीमती नीता श्रेष्ठ बालरोग विशेषज्ञ हुन् । डा. नीता पनि वी एण्ड सीमै छिन् । तीनै सर्जन दम्पत्ति वी एण्ड सीमा आएर सेवा गर्न पाएकोमा गर्व पनि गर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर