Aamsanchar

दानाबारीमा पनि सुखानी पार्क

Author Image
शुक्रवार, जेठ ७, २०७३

park

[सागर गौतम ]

पूर्वको प्रमुख सहर विर्तामोडबाट १५ किलोमिटर उतर अर्ध कच्ची सडक हुदै इलामको दानाबारी–३ मा अवस्थित सुखानी पर्यटकीय पार्क पुगिन्छ । दानाबारी –३ मा रहेको सहिद पार्क भन्ने बितिकै पााच सहिदको साहदत स्थल भनेर चिनिन्छ । अब साहदत स्थल साहदत स्थलमा मात्र रहेन । त्यो भूमि,पर्यटकीय गन्तव्यको रुपमा पनि चिनिने भएको छ । प्राकृतिक श्रोत,सुन्दरता र संम्भाव्यताले समेत साहदत स्थल भरिपूर्ण भएकाले अहिले सहिद पार्कलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने थालिएको छ । राष्टिय र अन्तराष्टिय समेत चर्चित बनाएर लैजाने योजना अनुरुप स्थानीय सुखानी पर्यटकीय सहिद पार्क कार्यसमिति कमर कसेर जुटेको छ । आफैंमा हराभरा स्वच्छ प्राकृतिक वातावरणले सिंगारिएको साहदत स्थल लाई सुन्दरता बढाउन पोखरी,समीक्षालय निर्माण कार्य सम्पन्न भैइसकेको छ भने वरिपरि व्वाल निर्माणको काम समेत अहिले भैइरहेको छ । सुखानी सामुदायिक वनको क्षेत्रमा १३ हेक्टरमा फैलिएको यस पार्कलाई पर्यटकीय विकास गर्ने इलाम मेची पहाडी पर्यटन बोर्डले २५ लाख,काकारभिटा पर्यटन बोर्डले ५ लाख,सांसद मनकुमार गौतमले २ लाख रुपैंया बजेट विनियोजन गरिसकेको अवस्था छ । वर्तामानमा सोही रकमले पार्कभित्र रहेको घेराबरा,समीक्षालय,ड्याम लगाएर छेउको खोलाको पानी पोखरीमा झार्ने काम हुदै गरेको अध्यक्ष महेन्द्र बुडाथोकीले बताए । अध्यक्ष बुडाथोकीका अनुसार दानाबारी गा.वि.स.र सुखानी सामुदायिक वनको संयुतm सहकार्यमा विद्युत जडानको गर्ने तयारी भैइरहेको बताए । साहदत स्थल भएर पनि ओझेलमा परेको सुखानी पार्क पर्यटकको माग अनुसार अझ व्यापक र विस्तार गर्ने कार्यमा थुप्रै योजनाका साथ अघि बढेका अध्यक्ष बुडाथोकी बताउाछन । बुडाथोकीले भने पहिलेनै हुनु पर्नेमा ढिलो भएपनि कामको सुरुवात भएर आर्थिक प्रगति र पर्यटकीय विकासमा समेत योगदान दिन्छ । यता सुखानी सामुदायिक वन पनि संरक्षण संवद्र्धन र प्रवर्धनमा जुटदै आएको समूहका सचिव लक्ष्मी चापागाईले बताए । मनोरञ्जन,शैक्षिक खोज अनुसान्ध अन्वेषणका लागि पर्यटन उपयोगी देखिन्छ जंगलको बिचमा ऐतिहासिक भूमिलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नु आफैमा गर्वको विषय हो । सुखानीको अस्तित्व खतरामा रहेको जटिल मोडमा स्थानीय समितिले गरेका प्रयासहरु उत्साहजनक रहेका छन् । भूगोलको हिसाबले समेत पर्यटकीय क्षेत्रको लागि प्रचुर संम्भावना रहेको छ । संरक्षण र संवद्र्धनको मार्ग प्रसस्त गर्ने ढिलाइ नहोस भन्ने अनुरोधका साथ सरकारले दिर्घकालिन गुरु योजना तयार पादै यस क्षेत्रलाई ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थललाइ विकास गर्नु जरुरी रहेको छ । सो क्षेत्र शैक्षिक खोज अनुसान्धन,अध्ययन अन्वेषणका लागि पर्यटन उपयोगि समेत देखिन्छ । यो क्षेत्रमा नौका विहार,वनभोज वन्यजन्तु अवलोकन,स्थल बनाउन सके निकै राम्रो आयआर्जनको श्रोत बनेछ । वरिपरि डााडापाखा,बिचमा पोखरी,जैविक विविभताले भरिएको वनजंङगल र छोटो दूरीमा पाइने मौसममा फरकपन यस ठााउका विशेषता हो । अन्य ठााउको तुलनामा पर्यटकीय हिसाबले अत्याधिक फाइदाजनक रहेको छ । तत्कालिन झापा विद्रोहका पााच सहिदहरुको स्मृतिमा उतm स्थलको नाम राखिएको हो । हाल त्यहाा इतिहासको भूमि चिरस्थायी बनाउने लक्ष्यले पर्यटकीय स्थलको अवधारणाको रुपमा विकास गदै लगेको प्रचार–प्रसार संयोजक होमनाथ दुलाल बताउछन् ।
पञ्चायती शासन व्यवस्थाको विरुद्धमा आवाज उठाउने तत्कालिन झापा विद्रोहका नायकहरु रामनाथ दाहाल,नेत्र घिमिरे,विरेनसिंह राजवंशी,कृष्ण कुइकेल र नारायण श्रेण्ठलाई झापा जेल बाट इलामतर्फ सार्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानी जङगलमा गोली हानी कुरतापूर्वक हत्या गरेको थियो । हाल सोही स्थलमा पर्यटकीय गन्तव्यको रुपमा अघि बढाइएको छ । पूर्व प्रधानमन्त्री तथा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले केही दिनअघि पार्क क्षेत्रलाई स्थलगत अनुगमन समेत गरिसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर