Aamsanchar

१४ करोडमा अत्याधुनिक बसपार्क निर्माण हुने

Author Image
शुक्रवार, जेठ ७, २०७३

buspark

पथरी (मोरङ)।

विराटनगरमा कुल १४ करोड ११ लाख रुपैयाँको लागतमा अढाइ तल्ले अत्याधुनिक तथा सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ ।

बसपार्क निर्माणका लागि विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी र नगर विकास कोषका निर्देशक मणिराम सिंह महतबीच बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी बसपार्क निर्माणका लागि १२ करोड ७० लाख रुपैयाँ ऋण दिने सम्झौतामा हस्ताक्षर गरियो ।

साढे नौ प्रतिशत ब्याजमा २० वर्षसम्ममा उपमहानगरपालिकाकाले तिरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । ऋणबाहेक नगर विकास कोषले थप एक करोड पाँच लाख रुपैया अनुदानसमेत दिने भएको छ । १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने उद्देश्य लिइएको कार्यकारी प्रमुख रेग्मीले बताउनुभयो ।

बसपार्क निमार्णका लागि विराटनगर उप–महानगरपालिकाले पहिलो चरणमा रु ३५ लाख २७ हजार रकम व्यहोर्नुपर्नेछ । बसपार्कमा साना र ठूला गरी ५० वटा बस राख्न सक्ने क्षमता रहने बताइएको छ ।

कार्यकारी निर्देशक रेग्मीले यो बसपार्क केही वर्षका लागि सञ्चालन गरिने भन्दै बृहद् बसपार्क निर्माणका लागि नगरपालिकाले जग्गा खोजिरहेको बताउनुभयो । तीन महिनाभित्र बसपार्कको निर्माण कार्य सुरु हुने जनाइएको छ । नगरपालिकाले अहिलेको विराटनगरको स्थानीय बसपार्कमै टर्मिनल बसपार्क निर्माण गर्न लागेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर