Aamsanchar

ताइवानमा पहिलो महिला राष्ट्रपति

Author Image
शुक्रवार, जेठ ७, २०७३

taiwan

ताइवान । ताइवानको राष्ट्रपतिमा पहिलो पटक महिला निर्वाचित भएकी छन् ।

डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी नेतृ साई इंग वेन राष्ट्रपति बनेकी हुन् । गत जनवरीमा भएको चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको नेतृत्व गरेकी इंग वेनको झुकाव चीनप्रति रहेको बताइएको छ ।

भारी बहुमतले जित हात पारेकी इंग वेनले आज पदको सपथ लिइन् । उनले चीनसँगको सम्बन्ध विस्तारका लागि आफू सदैव तयार रहेको प्रतिक्रिया दिइन् । यसका लागि चीन पनि ताइवानप्रति लचिलो हुनुपर्ने उनको भनाई थियो ।

राजधानी ताइपेइमा भएको शपथ समारोहमा राज्य प्रमुख, कुटनीतिज्ञ र अन्य पदाधिकारी सहभागी थिए । यसअघि चीनका राष्ट्रपति सी जिनपिंगले चीन ताइवानलाई कुनै पनि हालतमा स्वतन्त्र राष्ट्र बनाउने पक्षमा नरहेको बताएका थिए । (एजेन्सी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर