Aamsanchar

राष्ट्रपति पौडेलबाट ‘भानु साहित्य उद्यान’ शिलान्यास

Author Image
सोमवार, वैशाख १४, २०८३

काठमाडौं –  तनहुँको चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ शिलान्यास भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भानु नगरपालिका ४ मा उद्यान शिलान्यास गरेका हुन् ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित ‘भानु साहित्य उद्यान’ निर्माण गर्न लागिएको हो ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८१ सालमा सार्वजनिक गरेको बजेट वक्तव्यमा तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गरिने उल्लेख छ ।

नगरपालिकाका प्रवक्ता ईश्वरबहादुर घिमिरेका अनुसार सरकारले विनियोजन गरेको २० करोड रुपैयाँ बजेटबाट पहिलो चरणको निर्माण कार्य सुरु हुन लागेको हो ।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर