Aamsanchar

बाढी: नेपाली भूमि भारतमा बग्यो,८ अर्ब क्षति

Author Image
शनिवार, जेठ ८, २०७३

bbbbb

वैतडी ।

विसं २०७० मा महाकाली नदीमा आएको विनाशकारी बाढीले बगाएर दार्चुलामा रहेको नेपाली भूमि भारतमा परिणत भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ९नास्ट० ले गरेको अध्ययनले महाकालीमा आएको बाढीले नेपालको १० हेक्टर जमिन भारतमा गएको देखिएको अनुसन्धानकर्ता अध्ययन टोली प्रमुख डा। महेन्द्रबहादुर गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो “महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाममा मात्रै रु सात अर्ब ९० करोड बराबरको क्षति भएको छ ”

टोलीले गरेको अनुसन्धानले बाढीपछि दार्चुला सदरमुकामवासीमा मनोवैज्ञानिक त्रास समेत देखिएको अनुसन्धानकर्ता केदारचन्द्र भट्टले बताउनुभयो ।

सन् २०१४ को फेब्रुअरीबाट सुरु गरिएको अनुसन्धान व्यक्तिगत क्षति, सार्वजनिक क्षति र अप्रत्यक्ष क्षतिको समेत एक वर्षको तथ्याङ्क लिइएकोे नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० ले जनाएको छ । महाकालीमा आएको बाढीले पु¥याएको क्षति र यसको जलवायु परिवर्तनसँगको सम्बन्धका बारेमा अनुसन्धान गरेपछि क्षतिको यो विवरण आएको हो ।

महाकाली नदीमा २०७० असार २ र ३ गते बाढी आएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर