Aamsanchar

बेतौना सिमसारमा ध्वाँसे चितुवा

Author Image
आइतवार, जेठ ९, २०७३

betana

पथरी (मोरङ)।

मोरङ बेलबारी–९ स्थित बेतना सिमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चल्न थालेपछि त्यस क्षेत्रमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

राजमार्गको छेउमै जोडिएका कारण निजी सवारी साधन लिएर पूर्वतिर जाने र पूर्वबाट आउने आन्तरिक पर्यटकले एकपटक डुङ्गा चढ्ने गरेका छन् । आन्तरिक पर्यटक बेतनाको अवलोकनका लागि आउने गरेको बेतना सिमसार संरक्षण समितिका अध्यक्ष इरान राईले बताउनुभयो ।

बेतौनामा पोखरीको ढुङ्गामा सयर गर्दै रम्नुको आनन्दै बैग्लै भएको राईले बताउनुभयो । “सीमसार क्षेत्रमा पाइने मयुरपङ्खी जातको कछुवा, लोपोन्मुख पानीहाँस, जलकौवा, सरस, चिललगायतका जीवजन्तुले पर्यटकको ध्यान खिचेको छ ।” उहाँले भन्नु भयो । बेतनामा विभिन्न छ प्रजातिको कछुवा बसोबास छ ।

विशेष चाडपर्व, नयाँ वर्ष र पिकनिकको समयमा बेतनामा दैनिक एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको समितिले जनाएको छ ।

मोरङको बेलबारीमा रहेको बेतौना सिमसार क्षेत्रमा पर्यटकले लोपोन्मुख ध्वाँसे चितुवा पनि हेर्न पाउने भएका छन् ।

बेतौना सिमसार संरक्षण समितिका अध्यक्ष राईका अनुसार जिल्ला वन कार्यालय मोरङमार्फत संरक्षणका लागि बेतौना सिमसार क्षेत्रमा ल्याइएपछि बेतना सिमसार क्षेत्रमा पर्यटकले हेर्न पाउने भएका हुन् । तेह्रथुमको म्याग्लुङ नगरपालिकामा जङ्गलबाट सहर पसेको चितुवालाई जिल्ला वन कार्यालय तेह्रथुमले जङ्गलमा छोड्ने तयारी गरिएको सो चितुवालाई जिल्ला वन कार्यालय मोरङमार्फत संरक्षणका लागि बेतना सामुदायिक वन उपभोक्ता समूहमा ल्याइएको हो ।
सो क्षेत्रमा अजिङ्गर, कछुवा, विभिन्न जातका माछा, चरा, जङ्गली जनावर, संरक्षण गर्न राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर