Aamsanchar

नेपालीद्वारा अमेरिकामा पत्रिका प्रकाशन

Author Image
आइतवार, जेठ ९, २०७३

अमेरिका (क्यालिफोर्निया)।

पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन भ्वाइस’ प्रकाशनमा ल्याएका छन् । शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच सो पत्रिकाको शुभारम्भ गर्नुभयो ।

मेयर मेन्लोले नेपाली समुदायलाई अमेरिकामा सामाजिकीकरण गर्नका लागि यस्ता प्रकारका प्रकाशनले धेरै सहयोग पु¥याउने बताउँदै यसको निरन्तरताका लागि शुभकामना प्रदान गर्नुभएको थियो ।

अमेरिकामा नेपाली भाषामा पत्रिका प्रकाशन भइरहेको भए तापनि अङ्ग्रेजी भाषामा प्रकाशन भएको यो पहिलो पत्रिका भएको प्रधान सम्पादक पुरुषोत्तम ढकालले बताउनु भयो ।

पत्रिकाको सम्पादक मण्डलमा योगेश उपाध्याय, राजेश मिश्र, रामेश्वर भण्डारी, सुदीप पन्त, डेभिड स्वान्सन र किशोर पन्थी हुनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर