Aamsanchar

सशस्त्र प्रहरीको गणमा बम पड्कियो, आठ घाइते

Author Image
आइतवार, जेठ ९, २०७३

तनहुँ ।

भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी बल मनकामना गणमा आइतबार दिउँसो बम पड्किँदा आठ सशस्त्र प्रहरी घाइते भएका छन् ।

APF-logo-Final

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । तालिमका क्रममा अकस्मात् ग्रिनेड बम पड्किँदा एक सशस्त्र प्रहरी हबल्दारसहित सातजना घाइते भएका हुन् ।

सशस्त्र प्रहरी हबल्दार दीपेशकुमार चौधरी र सशस्त्र सहायक हबल्दार प्रेमबहादुर थापाको अवस्था गम्भीर रहेको घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

विस्फोटमा परी सशस्त्र प्रहरी हबल्दार चौधरीको दुवै हातको पञ्जा गुमेको छ । सशस्त्र सहायक हबल्दारहरु शोभाखर रिजाल, प्रेमसिं बोहरा, दीपक खड्का, होम राना, वीरेन्द्र चन्द र प्रेम घर्तिमगर घाइते भएका हुन् ।

घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गुरुङले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर