Aamsanchar

रक्सी खान नेपाल आएका ७० भारतीयलाई कारवाही

Author Image
आइतवार, जेठ ९, २०७३

raksi

रौतहट–
मदिरा सेवन गर्न नेपाल आएका ७० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी प्रति व्यक्ति एक हजार रूपैयाँ जरीवाना गराएको छ। भारतको विहार सरकारले अप्रिलको पहिलो सातादेखि मदिरा सेवन एवं बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएपछि भारतीय नागरिक मदिरा सेवन गर्न नेपाली भूमिमा आउन थालेका छन्।
भारतमा तिनपानेदेखि सबै ब्राण्डका मदिरा बिक्री वितरणमा सरकारले प्रतिवन्ध लगाएपछि सीमावर्ती भारतीय नाकासँग जोडिएका दशगजा क्षेत्रमै धमाधम छाप्रे होटेल खुलेका छन्। भारतीय नागरिक खुला नाकाको फाइदा उठाउँदै सीमानाकामा सञ्चालित मदिराभट्टीमा मदिरा सेवन गर्न आउन थालेपछि नेपाली भूमिमा अपराधिक घटनासमेत बढ्ने सम्भावना गरेको भन्दै स्थानीय प्रशासनले कडाईका साथ नियन्त्रण गर्न अभियान नै सञ्चालन गरेको छ। प्रशासनले कडाइ गरेपछि एक साता भित्र मदिरा सेवन गर्न नेपाल आएका ७० जना भारतीयलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरिक्षक गणेश रेग्मीले बताए।

भारतीय क्षेत्रमा मदिरा बिक्री बितरण बन्द हुँदा सीमा वारि विभिन्न स्थानमा फुसको छाप्रेमा मदिरा भट्टी संचालन गरी बिक्री वितरण हुन थालेपछि स्थानीय प्रहरी प्रशासनले नियन्त्रण अभियान संचालन गरेको हो । छाप्रे होटेलमा रक्सी सेवन गर्दा गर्दै पक्राउ परेका भारतीयलाई एकरात थुनामा राखी जिल्ला प्रशासन कार्यालयमा जनही हजार रुपैयाँका दरले जरीवाना गराइ अहिले सम्म ७० हजार रुपैयाँ राजस्व संकलन गरेको उनले बताए ।

सदरमुकाम गौरसँग जोडिएका सीमावर्ती नेपाली क्षेत्रमा पछिल्लो समय छाप्रे होटेल संचालनमा आएका छन्। ती छाप्रे होटलमा प्रहरीले साँझ ६ बजेपछि कारवाही सुरु गर्दा शनिबार मात्रै ९ जना भारतीय नागरिकलाई मदिरा सेवन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शनिबार पक्राउ परेकालाई दण्ड जरिवाना गरी पुन नेपाली क्षेत्रमा मदिरापान गर्न नआउने शर्तमा उनीहरुका अभिभावकलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनायो।

सीमापारीबाट आएर अबेर रातिसम्म मदिरापान गर्दा नेपाली भूमिमा हुने उच्छृंखल गतिविधिमा वृद्धि हुने सम्भावनाका कारण छाप्रे मदिरा होटलमा प्रहरीले साँझसर्च अभियानलाई तिव्र बनाएको हो । विहारमा मदिरामाथि लागेको प्रतिबन्धबाट अहिले नेपाली भूमिमा मदिरापान गर्ने भारतीयहरुको घुइचो लाग्ने गरेको छ । हुनखाले एवं ठूलाबडा विदाको दिन पारेर गौरमा होटेल बुक गराई मदिरापान गरेर भोलिपल्ट फर्किने गरेको होटल व्यवसायी बताउँछन् । कतिपय भारतीय व्यापारीहरुले समेत गौरमा मदिराको पसल संचालन गरिरहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)