Aamsanchar

पूर्वाञ्चलमा ३०५ शिक्षकको माग

Author Image
मङ्गलवार, जेठ ११, २०७३

झापा। 

indext

शिक्षक सेवा आयोगले रिक्त रहेका शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सोमवार एक विज्ञापन जारी गर्दै खुला प्रतियोगितामार्फत निम्न माध्यामिक तह तृतीय श्रेणीमा पदपूर्तिका विज्ञापन प्रकाशित गरेको हो ।

यस पटक १ हजार १ सय १७ जना स्थायी शिक्षक माग भएको छ । पाँच वटै विकास क्षेत्रमा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान, संस्कृत व्याकरण, संस्कृत भाष र कम्प्युटर विज्ञान विषयका शिक्षक पदपूर्तिका लागि लागि दरखास्त खोलिएको हो ।

जसअन्तरगत पूर्वाञ्चल विकास क्षेत्रमा नेपालीमा ४९ जना, अङ्ग्रेजीमा ७९, गणितमा ३३, विज्ञान ४७, सामाजिक ४३, गणित विज्ञानमा ५२, संस्कृत व्याकरणमा १ र कम्प्युटर विज्ञानमा १ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

भदौ ११ गते बिहान ८ बजे हुने परीक्षाका लागि असार १२ गतेसम्म दरखास्त दिन सकिने छ । परीक्षा केन्द्र सम्बन्धीत क्षेत्रीय शिक्षा निर्देशनालयहरूले तोक्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 378

प्रतिक्रिया (०)

सम्बन्धित खबर