Aamsanchar

विश्वका ५ देशमा सूर्य अस्ताउदैन (फोटो फिचर)

Author Image
मङ्गलवार, जेठ ११, २०७३

श्रोत : NH

 

१ नर्वेः
नर्वेमा मे देखि जुलाइ सम्म करिव ७६ दिन सम्म सूर्य अस्ताउँदैन । त्यसैकारण नर्वेलाई ‘ल्याण्ड अफ द मिडनाइट सन’ अर्थात मध्यरातको सूर्यको भूमि पनि भन्ने गरिन्छ । खासमा पुरै नर्वेमा यस्तो हुँदैन । देशको पूर्वी भागमा सूर्य डुब्दैन । पर्यटकीय क्षेत्रकोरुपमा प्रसिद्ध त्यहाँ साइकल टुर, फिशिङ, गल्फिङ जस्ता क्रियाकलाप गरेर पर्यटकहरुले विदा मनाउँछन् ।

 

91

 

 

२ स्वीडेनः
स्वीडेनमा पनि मे देखि अगष्ट सम्म आधा रातमा मात्र सूर्य अस्ताउँछ । र फेरि विहान साढे ४ बजे उदाइहाल्छ । स्वीडेनमा पनि रातिको सूर्यको मजा लिन पाइन्छ । राजधानी स्टोकहोममा रहेका १४ टापुमा यस्तो अनुभव गर्न पाइन्छ । म्यालेरेन ताल र बा

ल्‍टिक समुद्रसँग जोडिएका यी टापुले ३० प्रतिशत स्टकहोमलाई जलमय बनाएको छ । मध्यरातमा देखिने सूर्यको दृष्य यहाँका टापुमा साँच्चिकै मनरोमन देखिन्छ ।

 

 

92

 

३ आइसल्याण्डः
युरोपकै अर्को देश आइसल्याण्डमा पनि १० मे देखि जुलाइको अन्तिम सम्म सूर्य अस्ताउँदैन । यहाँ रातको सूर्यसँगै सुन्दर सुन्दर परिदृष्य हेर्न पाइन्छ । यहाँ झरना, ज्वालामुखी, हिमनदी लगायतका प्राकृतिक सुन्दरता अवलोकन गर्न पाइन्छ

 

 

93

 

 

 

 

 

४ क्यानडाः

क्यानडाको पनि केही भागमा गर्मी मौषमभरी करिव ५० दिन सूर्य अस्ताउँदैन । मध्यरात सम्म सूर्य उदाउने हुँदा यहाँ पनि पर्यटकहरु आनन्द लिन्छन् ।

94

 

५ फिनल्याण्डः

फिनल्याण्डको अधिकाँश भागमा गर्भीको समयमा ७३ दिन सम्म निरन्तर सूर्य देखिन्छ । सूर्य नअस्ताउने यो समयमा यहाँ पनि पर्यटकको ओइरो लाग्ने गरेको छ ।

 

 

95

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर