Aamsanchar

क्यान्सर भनेपछि अस्पतालबाटै भागे बिरामीका पति

Author Image
बुधवार, जेठ १२, २०७३

चितवन। 

jila asptal_24_07_2014

कम्दी गाविस–९, बाँकेकी माया परियारलाई यति बेला ‘छन् गेडी सबै मेरी छैन गेडी सबै टेडी’ भनेजस्तै भएको छ ।  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मेडिकल वार्डको ११ नम्बर बेडमा रक्तक्यान्सरको उपचारका लागि भर्ना भएकी २५ वर्षीया परियार यति बेला खर्चको अभावमा तड्पिरहेकी छन् ।
२०७२ साल चैत ३० गते नेपालगञ्ज मेडिकल कलेजले रिफर गरेपछि भरतपुरको क्यान्सर अस्पतालमा आइपुगेकी परियारको आमा र बुवाले ऋण काढेर पठाएको ६० हजार रुपियाँ सकियो ।  रोग सञ्चो हुने कहिले हो, अझै कति समय अस्पताल बस्नुपर्ने हो, त्यसको टुङ्गो हुने तर उहाँलाई उपचारको भन्दा आर्थिक अभावका कारण चिन्ता छ ।  उहाँले भन्नुभयो, “मलाई रक्त क्यान्सर भएको भनेर नेपालगञ्ज मेडिकल कलेजले भनेपछि मेरा श्रीमान् सुन्दर परियार अस्पतालबाटै भागे । ” आफ्नो परिवारको नाममा जमिन नभएका उहाँका बाबुआमाले ऋण खोजेर सानिमाको छोरा भाइसँग यहाँ पठाएका थिए ।  उहाँले बेडबाट भन्नुभयो, “त्यो भाइ केही दिन बसेर फर्कियो, अहिले आफ्नै भाइले कुर्ने काम गरेको छ । ” गाविसको सिफारिसले उपचारमा पाउने सहुलियत त छ तर औषधि महँगो भएकाले केही औषधि किन्नुपर्ने, रगत दिइरहनुपर्ने, रगत किन्न नपर्ने भने पनि रगतको विभिन्न परीक्षण गर्दा लाग्ने खर्च जुटाउन पनि उहाँलाई हम्मे परेको छ ।
पहिला पनि मायाका श्रीमान् भारततिर मजदुरी गर्ने गरेको र अहिले पनि गाउँमा नभएपछि भारततिर नै छिरेको उहाँको अनुमान छ ।  नाकबाट पनि अत्यधिक रक्तस्राव हुन थालेको र सामान्य मेडिकलमा गएर उपचार गराउँदा सञ्चो नभएपछि नेपालगञ्ज आएको र त्यहाँ रोग पत्ता लागेको हो उहाँको ।  उक्त वार्डमा काम गर्ने स्टाफ नर्स जेसिका खड्का अस्पतालले दिनसक्ने छुट त क्यान्सर सेवा समाजमार्फत आएको बताउनुहुन्छ ।  आर्थिक रूपमा अत्यन्त विपन्न भएकाले केही औषधि किन्नैपर्ने हुन्छ, त्यस्तोमा समस्या देखिएको छ ।  उहाँका कुरुवाले आर्थिक अभावकै कारण खाना नखाएको थाहा पाएपछि स्टाफ मिलेर केही रकम सहयोग गरेको जेसिकाले बताउनुभयो ।  उहाँका अनुसार बिरामीले उपचार पाएपछि ढुक्क हुनुभन्दा आर्थिक अभावले छटपटाएको देख्दा जोकोहीलाई समेत पीडा हुने गरेको छ ।  अस्पताल शøयाबाट बिरामी परियारले भन्नुभयो, “यो रोगलाई जित्न सकेँ भने मेरो आठ वर्षको छोरो हेमन्तले अभिभावक पाउँथ्यो ।  आज उसको बाबु मलाई रोग लागेको थाहा पाउनेबित्तिकै भागेको छ ।  कोही सहयोगी मनहरू भए मलाई बचाइदिनुस् । ”
अस्पतालका कार्यकारी निर्देशक डाक्टर चिनबहादुर पुन क्यान्सर सेवा समाजले सिफारिस गरेको र अस्पतालले गर्नसक्ने छुट आफूले गर्दै आएको बताउनुहुन्छ ।  औषधि ज्यादै महँगो छ, त्यसका लागि अहिले राज्यले मिर्गाैलाको डायलासिस निःशुल्क गराउने निर्णय ग¥यो, त्यसरी नै रक्त क्यान्सरको उपचार पनि निःशुल्क गर्ने निर्णय गरिदिए सजिलो हुने बताउनुहुन्छ निर्देशक पुन ।  उहाँका अनुसार समयमा उपचार गराउने हो भने रक्त क्यान्सर प्रायः सन्चो हुने गर्छ ।
क्यान्सर सेवा समाजका सदस्यसचिव भोला शिवाकोटीले माया परियारको उपचारमा संस्थाले सक्ने छुट गराएको र आवश्यक परे थप स्रोत खोजी गर्न सहयोग गर्ने आश्वासन दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर