Aamsanchar

भारतीयलाई नागरिकता दिलाउने पक्राउ

Author Image
बुधवार, जेठ १२, २०७३
अर्घाखाँची:
index
 आफ्नो कान्छो छोरा भनि सुरज भट्टराईको नाममा भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
भारतीय युवालाई कान्छो छोरा भनि किर्ते नागरिकता प्रदान गरेको आरोपमा हंसपुर गाविस वाड न. ८ निवासि ६० बर्षीया हिमकला भट्टराईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताए।
उनका अनुसार नागरिकताको लागि कान्छो छोरा भनि सिफारिस गरेका विदेशी भारतीय नागरिक रहेको र उनैले छोरी भगाएको थाहा भएपछि गाविस सचिव कमल पोख्रेलले किर्ते गरेर नागरिकता लगेको भन्दै प्रहरीमा हिमकलाविरुद्ध उजुरी दिएका थिए।
गाविस सचिवको उजुरीको आधारमा महिलालाई पक्राउ गरेको प्रहरीले बताएको छ। किर्ते गरि नागरिकता लिएर फरार रहेका भारतीय नागरिकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर