Aamsanchar

जन्ती बोकेको बस पल्टिँदा चारजना घाइते

Author Image
बुधवार, जेठ १२, २०७३

मोरङ।

images

मोरङको इटहरामा आज बिहान जन्ती बोकेको बस अनियन्त्रित भई दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

उर्लाबारी–बरडङ्गा सडकखण्डअन्तर्गत इटहरा–३ स्थित टालीभट्टामा बिहान ७ः१० बजे सिजुवाबाट झापाको जलथलतर्फ जन्ती लिएर जाँदै गरेको मे१ख १९६० नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा परी बसमा सवार चारजना घाइते भएका छन् । उनीहरुको इटहराकै चेतना हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनामा परेको बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर