Aamsanchar

बिस्कुटमा नशालु पदार्थ मिसाएर खुवाएपछि…

Author Image
बुधवार, जेठ १२, २०७३

पोखरा–
index

विभिन्न व्यक्तिलाई पेय पदार्थ र बिस्कुटमा नशालु पदार्थ मिसाइ खुवाएर बेहोस पारेपछि गरगहना, नगद तथा मोबाइल लुटपाट गरी फरार चारजना लुटेरालाई वडा प्रहरी कार्यालय वैदामले पक्राउ गरेको छ ।

अभियुक्तले विभिन्न व्यक्तिलाई पोखराबाट पाल्पा, मुग्लिन, मनकामनासम्म जानु छ भनी सोध्ने र विभिन्न प्रलोभन देखाएर ट्याक्सी रिजर्भ गरी त्यसतर्पm लिएर जाने र बाटोमा जङ्गल पर्ने एकान्त ठाउँमा पु¥याएपछि नशालु पदार्थ खुवाएर लुटपाट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ पर्ने अभियुक्तमा स्याङ्जा स्वरेक–७ का ४९ वर्षीय विकास भन्ने डिलबहादुर सेन ठकुरी, नवलपरासी अरुणखोला–८ बस्ने वर्ष ३७ को प्रकाश सुनार, पर्वत हसौनी–६ घर भई बुटवल–१२ बस्ने वर्ष ५९ को राम गुरुङ र स्याङ्जा छाङ्छाङ्दी–१ घर भई सोही ठाउँ बस्ने वर्ष ४५ को लाले दमाईं भएको प्रहरीले जनाएको छ ।

अभियुक्तलाई पोखरा–७ जनप्रिय मार्गबाट लुकीछिपी बसेको अवस्थामा नशालु औषधि र बिस्कुटसहित वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

निजहरुले बुटवल नगर क्षेत्रका विभिन्न स्थानमा जग्गा बेच्ने व्यक्तिको मोबाइल नम्बर पत्ता लगाई आफू जग्गा किन्ने व्यक्ति भएको भनी बुटवल बसपार्कका होटलमा बोलाइ नशालु पदार्थ खुवाएर नगद र गरगहना लुट्ने गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर