Aamsanchar

बन्दका कारण झापा सहित देशभरको जनजीवन प्रभावित

Author Image
बिहिवार, जेठ १३, २०७३

विर्तामोड ।

Bhanda

यातायात ब्यवसायीले गरेको बन्दका कारण आज बिहानै देखि झापाको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण सार्वजानिक सवारी सञ्चालनमा आएका छैनन भने नीजि सवारीलाई समेत सञ्चालनमा ब्यवसायीहरुले रोक लगाएका छन् । सरोकारवाला व्यवसायी महासंघ र मजदुर सघसंगठनहरुसंग समन्वय गरेरमात्र सरकारले यातायात क्षेत्रमा नीति निर्माण गर्ने सहमति विपरित सवारी ऐन संशोधन गरेको भन्दै यातायात व्यवसायी आन्दोलि भएका हुन् ।

२०४८ साल चैत २८ गते भएको सहमतिलाई लत्याउदै सरकारले २०७२ असोज १४ गते सवारी ऐन २०४९ को दफा १६३ र १६४ संशोधन गर्दै जरिवाना शुल्क २०७३ जेठ १ गतेदेखि लागू गरेको गरेको जनाउदै यातायात व्यवसायी आन्दोलित भएका हुन् ।

ब्यवसायीले गरेको बन्दका कारण लामो तथा छोटो दूरीका कुनै पनि सवारी सञ्चालनमा आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बन्दका अत्यावश्यक कामका लागि गन्तब्यमा निस्केका सर्वसाधारणले सास्ती ब्यर्होनु परेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर