Aamsanchar

झापा २५ औं साक्षर जिल्ला घोषणा हुदैं

Author Image
बिहिवार, जेठ १३, २०७३

विर्तामोड । `

SAMSUNG CAMERA PICTURES

झापालाई आगामी जेठ १७ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ ।

जिल्ला शिक्षा कार्यालयले आज पत्रकार सम्मेलन गरेर झापालाई २५ औं साक्षर जिल्ला घोषणा गर्न लागिएको जनाएको छ । १५ देखि ६० उमेरसम्मका ९८.३३ प्रतिशतभन्दा बढी जिल्लाका नागरिक साक्षर भएसँगै झापालाई जेठ १७ गते साक्षर जिल्ला घोषणा गर्न लागिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो ।

१५ देखि ६०वर्ष उमेर समूहका ४९ हजार मानिस रहेको र जसमध्ये ४८ हजार २ सय ४२ साक्षर भइसकेको जिशिअ लुइँटेलले बताउनुभयो ।

भद्रपुर स्थित वीरेन्द्र उच्च माविको प्राङ्गणमा एक समारोहकाबीच झापालाई साक्षर जिल्लाको रूपमा घोषणा गर्न लागिएको समेत जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताउनुभयो । उहाँले झापालाई साक्षर जिल्ला घोषणाका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेल आउने जानकारी दिनुभयो । झापाका मानिसलाई साक्षर बनाउन ८ करोड बढी खर्च गर्नुपरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर