Aamsanchar

जंगली च्याउ खाँदा चार सिकिस्त

Author Image
शुक्रवार, जेठ १४, २०७३

इलाम–

index

इलामको दानाबारीमा गएराति जङ्गली च्याउ खाएर एकै परिवारका दुई बालकसहित चारजना बिरामी परेका छन् ।

जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा दानाबारी–१ चेप्टीका टेकेन्द्र राई, उनकी श्रीमती अञ्जली राई, छोरा १० वर्षीय रोहित र अर्का आठ वर्षीय छोरा रोजन राई बिरामी परेका हुन् ।

उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि गएराति नै झापाको दमकस्थित लाइफलाइन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । च्याउ खाएर सबै बिरामी परेकाले कुन च्याउ खाएको भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर