Aamsanchar

टिभिएस बाईक विर्तामोडवाट बिक्रीसुर

Author Image
शुक्रवार, जेठ १४, २०७३

जगदम्वा मोटर्स प्रालिले पुवाञ्चलमा पहिलो पटक बिर्तामोडमा सोरुम सञ्चालनमा ल्याएको छ । बिर्तामोडको आधिकारी

TVS copy ooooooooooooooooक बिक्रेता पाथिभरा अटोलिङकले बिभिन्न मोटर साइकल बिक्री गर्नका लागि सोरुम सञ्चालनमा ल्याएको हो ।

पुर्वाञ्चलका ग्राहकलाई सेवा दिने लक्ष्य राखेर ११ वटा मोडलका टिभिएस वाण्डका मोटरसाइकल बिक्रीमा रा
खिएको जगदम्वाका पूर्वाञ्चलका प्रमुख हरि दाहालले बताए । टिभिएसले नेपाली बजारमा कम्ती आयस्रोत भएका व्यक्तिहरुका लागि एक लाख १० हजार रुपैयाँ मूल्य देखिका मोटरसाइकल बिक्रीमा राखिएको अटोलिङ्कका प्रमुख विपीन बस्नेतले बताए । उनले भने ‘यसलाई लामो समयको ब्यवसायको रुपमा लिएको छु ।’ मोटरसाइकलका सौखिनका लागि आरटीआर २०० सम्मकातखक मोटरसाइकल बिक्री गरिने जनाएको छ । सोरुमको शनिबार उद्घाटन गरिदैछ ।

टिभिएस वाण्डका मोटरसाइकल नेपाली बजारमा बाटो सुहाउँदो र टिकाउ रहेको कम्पनीको दावि रहेको छ । टिभिएसले शुक्रबार झापामा मोटरसाइकल र्याली समेत गरेको छ । कम्पनीले अघिल्लो बर्ष नेपालमा १२ प्रतिशत आफ्नो वाण्डको मोटर साइकल बिक्री गरेको र पुर्वाञ्चलमा ६ हजारको हाराहारीमा बिक्री गरेको जनाइएको छ । अटोलिङ्कले सर्भिस, पार्टस् र सेल्स एकै ठाउँबाट उपलब्ध गराउने जनाएको छ । उपत्यका बाहिर सबैभन्दा आधुनिक सर्भिस सेन्टर रहेको बिर्तामोड प्रमुख बस्नेतले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर