Aamsanchar

किच्चकलाई भिमसेनले किन वध गरेका रहेछन

Author Image
शुक्रवार, जेठ १४, २०७३

महाभारत कालीनमा  विराट नामका राजा विराटनगरमा राज्य गर्थे, जसको किच्चक नामको सेनापति थियो। किच्चक विराटको सालो भए पनि शक्तिशाली तर दुराचारी पनि थियो। विराट राजाको दरवारमा पाण्डवहरू गुप्तबास बस्दा किच्चकको कुदृष्टि द्रौपदी माथि परेछ। त्यसबाट द्रौपदीलाई जोगाउन पाँच पाण्डवमध्येका सबभन्दा बलशाली भीमसेन किच्चकसँग भिड्न कस्सिएछन् र भिमसेनले किच्चकको बध गर्न उसलाई खेददै जाँदा अर्जुनधारा धाम, विराट पोखर हुँदै हालको किच्चकबधमा पुग्दा भीमसेनले किच्चकको घाँटी थिचेर मारेछन् र त्यस स्थानलाई किच्चकबध भनियो भन्ने किंवदन्ती पाइन्छ।झापा जिल्लाको पृथ्वीनगर र महेशपुर गाविसको सिमानामा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र हो किच्चक वध। ए्तिहासिक स्थल किच्चकबधमा थुप्रै पुरातात्विक वस्तुहरू छन्। त्यहाँ एउटा षट्कोणको आकारमा रहेको आकर्षक पोखरी छ। त्यसको छेउबाट मेची नदी, बगेकोछ भने त्यस वरिपरि रहेका देवी–देवताका मन्दिर तथा प्रतिमाहरूका कारणले किच्चकबध निकै आकर्षक पनि छ। तस्वीरःविनोद पाण्डे/आमसंचार

9687

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 894

प्रतिक्रिया (०)

सम्बन्धित खबर