Aamsanchar

आज अपराह्न ४ बजे व्यवस्थापिका–संसदमा बजेट प्रस्तुत हुदैं

Author Image
शनिवार, जेठ १५, २०७३

काठमाडौं। 

b

सरकारले आगामी आर्थिक वर्षका लागि शनिबार अपराह्न ४ बजे व्यवस्थापिका–संसदमा बजेट प्रस्तुत गर्ने भएको छ ।  आर्थिक वर्ष २०७३/७४ का लागि यसपटक नयाँ आर्थिक वर्ष सुरु हुनु डेढ महिनाअघि बजेट सार्वजनिक गर्न लागिएको हो ।  शनिबार अर्थमन्त्री विष्णु पौडेलले संसद्मा वाचन गर्ने बजेटका विषयमा शुक्रबार मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेटका सम्बन्धमा छलफल गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
बैठकले बजेटलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल गरी आवश्यक तयारीसाथ बजेट प्रस्तुत गर्ने निर्णय गरेको पनि सञ्चारमन्त्री राईले जानकारी दिनुभयो ।
शनिबार सार्वजनिक गर्न लागिएको बजेट दश खर्ब रुपियाँभन्दा माथिको हुनेछ ।  गत वर्ष सरकारले आठ खर्ब १९ अर्ब रुपियाँको बजेट प्रस्तुत गरेको थियो ।  बजेटका लागि सरकारले साढे पाँच खर्ब रुपियाँँभन्दा बढी राजस्वको स्रोतबाट जुटाउनेछ भने विदेशी ऋण तथा अनुदानबाट सरकारले दुई खर्ब ९० अर्ब रुपियाँको स्रोत जुटाउने गरी बजेटमा प्रस्ताव गर्दैछ ।
सरकारले पुनःनिर्माणका लागि गत वर्षभन्दा दोब्बर बजेट छुट्टयाउने तयारी गरिरहेको छ ।  यो डेढ खर्ब रुपियाँको हाराहारीमा रहनेछ ।
शुक्रबार भएको मन्त्रिपरिषद् बैठकमा संविधान जारी भएपछिको सरकारले पहिलो नीति तथा कार्यक्रमका आधारमा बजेट निर्माण गरिएको जानकारी दिएको थियो ।
यही नीति तथा कार्यक्रममा रहेर शनिबार ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने र बजेटलाई कसरी व्यवस्थित र प्रभावकारितासाथ अन्तिम रूप दिने भन्नेबारे छलफल भएको पनि सञ्चारमन्त्री राईले बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकले शनिबार मनाइने गणतन्त्र दिवसलाई भव्य रूपमा सम्पन्न गर्न दिवसका अवसरमा प्रदान गरिने विभिन्न पदक, विभूषणलगायत कार्यलाई आन्तरिक तयारीसाथ अघि बढाउने विषयमा समेत छलफल गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर