Aamsanchar

महासागरमा पानी जहान गुडाउने योजना आयो, हावाबाट बिजुली निकाल्ने र पाइपबाट घरघरमा ग्यास पुर्‍याउने योजना खै ?

Author Image
आइतवार, जेठ १६, २०७३
काठमाडौँ।
index
प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर मुलुकलाई लोडसेडिङ मुक्त गर्ने मात्र होइन, छिमेकी चीन र भारतलाई बिक्रीसमेत गर्ने घोषणा पटकपटक गरे ।

यस्तै उनले जनताका घरघरमा पाइपमार्फत खाना पकाउने ग्यास जोड्ने भाषण गरेका थिए । प्रधानमन्त्रीका विकास अभिव्यक्तिबारे समाजमा अहिले पनि बहस छ । संसद् भवनदेखि सामाजिक सञ्जाल, सञ्चार माध्यम, चिया पसल, सार्वजनिक यातायात, सरकारी कार्यालय र घरघरमा समेत ‘ओलीको बोली’ बारे धेरै विभिन्न टिकाटिप्पणी हुने गरेका छन् ।

धेरैले प्रधानमन्त्री ओलीको घोषणालाई हावादारीको संज्ञा दिएका छन् । प्रधानमन्त्रीको घोषणालाई सकारात्मक रुपमा लिनुपर्ने मत राख्नेहरु पनि भेटिन्छन् ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा प्रस्तुत गरेको बजेट भाषणका क्रममा पानी जहाज किनेर प्रशान्त महाशागरमा गुडाउने, नेपाललाई तुइन मुक्त मुलुक बनाउने र नेपाललाई उपत्यकामा मेट्रो रेल र काठमाण्डु–वीरगञ्ज, रसुवा–पोखरा–लुम्बिनी रेल सेवा सुचारु गर्नेसम्मका योजना पढेर सुनाए । तर, बजेटमा हावाबाट बिजुली निकाल्ने र पाइपबाट सर्वसाधारणको भान्छा कोठासम्म ग्यासको व्यवस्था गरिदिने योजनाबारे केही उल्लेख छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर