Aamsanchar

बसको ठक्करबाट वृद्धको मृत्यु

Author Image
आइतवार, जेठ १६, २०७३

मोरङ–

accident-700

मोरङको उर्लाबारीमा बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।

उर्लाबारी–६ स्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख ११५९ नम्बरको बसको ठक्करबाट शनिबार स्थानीय बासिन्दा ६० वर्षीय किसनलाल धिमालको ज्यान गएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका धिमालको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा शनिबार बेलुका ज्यान गएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 341

प्रतिक्रिया (०)

सम्बन्धित खबर