Aamsanchar

सगरमाथामा मानवले पाइला टेकेको ६३ वर्ष पूरा

Author Image
आइतवार, जेठ १६, २०७३

काठमाडौं –

Everest-648x430

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकिएको ६३ वर्ष पूरा भएको छ ।

दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखका दिन आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुग्नुभएको थियो । यसैलाई स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभित्र कार्यक्रमका साथ मनाउन लागिएको छ । गएका दुईवर्ष सगरमाथाको आरोहण बन्द हुदाँ पर्वतारोही निरास भएका थिए । यसले नेपालको पर्वतीय पर्यटन नै जोखिममा परेको थियो ।

यसवर्ष बसन्त ऋतुमा देश विदेशका पर्वतारोहीले फेरि सगरमाथामा पाइला राखेर साहसको परिचय दिएका छन् भने नयाँ रेकर्ड राख्नसमेत सफल भएका छन् । गएको वर्ष भूकम्पका कारण सगरमाथाको आरोहण हुन सकेको थिएन् भने अघिल्लो वर्ष हिम पहिरोले १६ जना आरोहीको ज्यान गएको र आरोहणको रुटसमेत भत्किएकाले आरोहण स्थगित गरिएको थियो ।

सगरमाथाको आरोहणको प्रारम्भसँगै खस्किएको नेपालको पर्यटन प्रवद्र्धनको दिशा तर्फ उन्मुख भएको छ । ६३ वर्षको आरोहणको अवधिमा झण्डै सात हजार पर्वतारोहीले सगरमाथा आरोहण गरेका छन् ।  यसवर्ष फुर्वा तेन्जिङ शेर्पाले दशाैं पटक आरोहण गरी कीर्तिमान कायम गर्नुभयो ।

आरोहणको अन्तिम दिनमा झण्डै चारसय आरोही जेठ १२ गते सगरमाथाको चुचुरोमा पुगे । एक तथ्याङक अनुसार अहिलेसम्म झण्डै दुईसय ८० जना आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् । यसवर्ष पनि एक नेपालीसहित ६ जना विदेशी आरोहीको आरोहणकै क्रममा निधन भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)