Aamsanchar

३९ अमेरिकी सेना दोलखामा

Author Image
सोमवार, जेठ १७, २०७३

usa m

 

दोलखा ।

दोलखाको सुन्द्रावती गाविसमा ३९ जना अमेरिकी सेना आउने भएका छन् ।

अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आएको टोलीले सुन्द्रावतीमा रहेको कालिका उच्चमाविको भूकम्पबाट क्षति पु¥याएको भग्नावशेष हटाई विद्यालय व्यवस्थित बनाउने नेपाली सेनाको रणभीम गण चरिकोटले जनाएको छ ।

अमेरिकी सेनालाई नेपाली सेनाको दोलखामा रहेको रणभीम गण चरिकोटले समन्वय गर्ने बताएको छ । अमेरिकी सेनाले स्थानीयवासीलाई आफ्नो देशको सांस्कृतिक कार्यक्रम देखाउनेसमेत जनाएको छ ।

सेनाले पटकपटक गरी तीन चरणमा कार्य गर्ने उल्लेख गरेको छ । अमेरिकी सेनाको टोली सोमबार नै सुन्द्रावतीको कालिका उमाविमा बास बस्ने बताइएको छ ।

सेनाले १७ देखि ३२ गतेसम्म त्यहाँ कार्य गर्ने जनाएको हो । आज १३ जनाको टोली दोलखा आएको छ भने अन्य २६ जना दुईपटक गरेर आउने अमेरिकी सेनाले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर