Aamsanchar

स्वास्थ्यकर्मी भागेपछि …..

Author Image
सोमवार, जेठ १७, २०७३

swasthya karmi

 

ताप्लेजुङ ।

ताप्लेजुङको इखावुस्थित स्वास्थ्यचौकीका कर्मचारीले असुरक्षित भएको भन्दै कार्यालय छाडेर हिँडेपछि सो क्षेत्रमा मङ्गलबारदेखि सञ्चालन हुने जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान कार्यक्रम प्रभावित हुने भएको छ ।

गत जेठ ८ गते स्वास्थ्यचौकीमा कार्यालय सहयोगी नियुक्ति गर्नेलगायतका विषयमा स्थानीयवासी र स्वास्थ्यकर्मीबीच विवाद भएको र सोही दिन राति कार्यालयमा तोडफोड भएपछि असुरक्षित भएको भन्दै त्यहाँका कर्मचारी सदरमुकाम फुङ्लिङमा आएपछि खोप कार्यक्रम नै प्रभावित हुने भएको हो ।

विवाद र तोडफोडको खबर पाएको प्रहरीले सुरक्षा दिन्छाँै भन्दाभन्दै पनि त्यहाँका कर्मचारीले कार्यालय छाडेर निस्किएको प्रहरीको भनाइ छ । ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीका अनुसार तोडफोडमा संलग्नको खोजीकार्य भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको क्षेत्र नम्बर १ मा सम्पन्न भएको उक्त खोप अभियान मङ्गलबारदेखि क्षेत्र नम्बर २ मा सञ्चालन गर्ने कार्ययोजना छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर