Aamsanchar

सूचना उपलब्ध गराउन आयुक्तको निर्देशन

Author Image
सोमवार, जेठ १७, २०७३

इलाम ।

krishnahari-baskota-1-1024x590

प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकलाई सहज तरिकाले सूचना उपलब्ध गराउन जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

इलाम सदरमुकाममा आज बिहान आयोजित सरकारी कार्यालय प्रमुखहरूसँगको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा आयुक्त बाँस्कोटाले नागरिकले पाउने सूचनाको हकलाई कुण्ठित गर्न नहुने बताउनुभयो ।

सूचनाको हकसम्बन्धी ऐनलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सकेमा मात्र नागरिकले सहजै सूचना पाउन सक्ने बताउँदै उहाँले कार्यालयले दिन मिल्ने र सार्वजनिक चासोका सूचना तत्काल नागरिकलाई उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

सूचना दिने बानीले भ्रष्टाचारमा कमी, सुशासन कायम हुने हुँदा समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

प्रमुख आयुक्त बाँस्कोटाले सरकारी तथा गैरसरकारी कार्यालय, सङ्घसंस्था, सार्वजनिक निकायले नागरिकले पाउने सूचनाको हकबाट कसैलाई पनि वञ्चित गर्न नहुने भन्दै सूचना पाउनु हरेक नागरिकको दायित्व पनि हो भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर