Aamsanchar

प्रतिमिनेट १२ जनाको मृत्यु,झापाका अधिकांशले पिउछन् चुरोट

Author Image
मङ्गलवार, जेठ १८, २०७३

5dd005e8982fc25b4f0c12044ac236ea

[नरेन्द्र ढकाल ]
विश्व धुम्रपानरहित दिवस आज झापा सहित नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइदैछ ।
नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सम्बन्धित विभिन्न संघसंस्थाको सहभागीतामा विभिन्न कार्यक्रम हुदैछ । साझा बट्टामा सूर्तिजन्य पदार्थ पोको पारौं र बट्टामा केही नलेखौंं’ भन्ने नाराका साथ यो दिवस मनाइादै छ । झापाको भद्रपुर स्थित प्रज्ञा एकाडेमीमा एक चेतना मुलक कार्यक्रमको आयोजना गरिएको जिल्ला जनस्वास्थय कार्यालय झापाका ब्रजेश मेहताले जानकारी दिए । उनले विद्यार्थी लक्षित कार्यक्रमले धुम्रपान नियन्त्रणमा सहयोग पुग्ने आशाले कार्यक्रमको आयोजना गरेको बताए ।
झापामा कतिको संख्याका मानिसले धुम्रापान गर्छन भन्ने यकिन तथ्याङ्क नभए पनि उल्लेख्य रुपमा मानिसहरुले धुमपान गर्ने गरेको मेहताको भनाई छ । धूम्रपानका कारण नेपालमा वर्षेनी १५ हजार जनाको मृत्यु हुने गरेको छ । नेपालमा २४ प्रतिशत पुरुष तथा १६ प्रतिशत महिलाले धूमपान गर्ने गरेको बताइएको छ । ध्रम्रापानका कारण विश्वमा प्रतिदिन १६ हजार ३ सय ४९ जनाको मृत्यु हुने गरेको छ भने प्रति मिनेट १२ जनाले ज्यान गुमाउने गरेका छन् । नेपालमा पनि अवस्था कहाली लाग्दो रहेको जिल्ला जनस्वास्थय कार्यालयले जनाएको छ ।
चुरोट, विाडी, सिगार, पाइप, हुक्का, पानपराग, खैनी र गुट्खाजस्ता सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण नेपालमा वार्षिक १५ हजारभन्दा बढीको ज्यान जाने गरेको चिकित्सकहरुको भनाई छ । ३६.१ प्रतिशत शिक्षित र ५५.२ प्रतिशत अशिक्षित मानिसले धुम्रापान गर्ने गरेको तथ्याङ्कमा जनाइएको छ । शहरका ३७ प्रतिशत र ग्रामिण क्षेत्रका ५८ प्रतिशत मानिसले धुम्रापान सेवन गर्ने गरेका छन् । महिला भन्दा पुरुष धेरै रहेपनि पछिल्लो समय महिलाहरुको पनि संख्या बढ्दै गएको जिल्ला जनस्वास्थय कार्यालयका मेहताको भनाई छ ।
सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरसहित तालु खुइलिने, मोतियाविन्दु हुने, अनुहार चाउरी पर्ने, कान कम सुन्ने, छालाको क्यान्सर हुने, दम बढ्ने, दाात बिग्रिने, औला पहोलो हुने, मुटुसम्बन्धी समस्या हुने, शुक्रकिट कमजोर हुने, स्नायु नशा तथा धमनी सुन्निने, हड्डी खिइने लगायत समस्या हुने चिकित्सकले बताएका छन् ।
विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक वर्ष मे ३१ अर्थात आजकै दिन यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट बर्ष भरी विश्वमा ६० लाख मानिसले ज्यान गुमाउदै आएका छन् भने नेपालमा हरेक बर्ष १५ हजार भन्दा बढी मानिसहरूको मृत्यु धुम्रपानको कारणले हुने गरेका छन् । सुर्तीजन्य पदार्थ सेवन बाट उत्पन्न हुने रोगका कारण, प्रति घण्टा दुई जना नेपालीको मृत्यु हुने गरेको, नेपाल अर्वुद्ध रोग निवारण संस्थाको तथ्यांकमा उल्लेख गरिएको छ । नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ लागु भए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा धुम्रपानबाट लाग्ने रोगहरु नियन्त्रणमा कठिनाई भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 351

प्रतिक्रिया (०)

सम्बन्धित खबर