Aamsanchar

एक वर्षे बालकले सेक्स गर्न खोजेपछि……

Author Image
मङ्गलवार, जेठ १८, २०७३

 

34C56F6700000578-3616389-The_toddler_known_only_as_Akash_was_found_to_have_the_testostero-a-22_1464615966532एजेन्सी–

एक वर्षको उमेर । तर यौनांगमा रौं पलाइसक्यो । यौनांग पनि वयस्कको जत्रो । यौनांगमात्रै नभई अनुहार र शरीरका अन्य भागमा रौं । टेस्टोरेन तह पनि २५ वर्षको वयस्कको जस्तो । आवाज पनि धोद्रे ।

सुन्दै पनि अचम्म लाग्ने यस्ता बालक भारतमा भेटिएका छन् । आकाश नाम गरेका ती बच्चामा यस्तो देखिनुमा हर्मोनकै गडबडी भएको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकका अनुसार ती बच्चा बाल प्रौढ अवस्थाबाट पीडित भएको बताइएको छ । सात वा आठ वर्षअघि नै प्रौढअवस्थाको लक्षण देखाउनुलाई बाल प्रौढ अवस्था भनिन्छ ।

६ महिनाअघि मात्र बच्चामा केही गडबडी भएको अभिभावकले थाहा पाएका थिए । उनीहरुले छोराको यौनांग अस्वाभाविक रुपमा ठूलो भएको पाएका थिए । तर शरीरका अन्य भाग भने अन्य बालबालिकाको भन्दा निकै सानो थियो ।

बच्चाकी आमाले हिन्दूस्तान टाइम्सलाई भनिन्,‘उ केबल ठूलो भएको आशंकामा हामीले चिकित्सककहाँ देखाएनौं । तर उ एक वर्षको पुग्दा उसमा केही न केही गडबडी भएको हामीले पायौं ।’ बच्चाकी आमा भन्छिन्, ‘परिबारमा अन्य धेरै बालबालिका हुर्काएकी मेरी सासुआमाले पनि उसको गुप्तांगको बृद्धिलाई अस्वाभाविक बताइन । त्यसपछि हामीले डाक्टरकहाँ पु¥यायौं ।’

बाल्य अवस्थामा यौनअंगले काम गर्न थाल्नु वा यौन चाहना हुनु निकै दुर्लभ हो । अहिलेसम्म इतिहासमा रेकर्ड भएअनुसार पेरुमा सन् १९३९ मा आमा बनेकी लिना मेडिना नाम गरेकी बालिका विश्वकै सबैभन्दा कान्छी आमा हुन् । उनले पाँच वर्षको उमेरमा बच्चा जन्माएकी थिइन । सो घटनापछि उनी अन्तर्राष्टिय स्तरमा नै सेलिब्रेटी भएकी थिइन् ।

ट्युमरका कारण उनको पेट ठूलो भएको उनका अभिभावकले आँकलन गरेका थिए । तर घरेलु उपचारबाट सम्भव नदेखिएपछि उनलाई अस्पताल लगेका थिए । तर त्यसको एक महिनापछि छोरालाई जन्म दिएर उनले संसारलाई नै चकित तुल्याएकी थिइन ।

आकाशलाई उपचार गरेका चिकित्सक वैशाखी रस्तागीले भनिन्, ‘बाल अवस्थामा नै प्रौढको जस्तो विकसित गुप्तांगले बालबालिकालाई हिंसात्मक बनाउछ । उसको मांशपेशीको शक्ति यस्तो तहमा वृद्धि भएको छ जसलाई उनका अभिभावकले पनि नियन्त्रण गर्न सक्दैनन्
। ’यस्तो समस्या १० हजार बच्चामध्ये एकजनामा देखिने बताइन्छ ।
अर्को खतरा के देखिएको छ भने आफ्नै उमेरका अन्य बालबालिकाको तुलनामा उक्त बालकका वृद्धि भने कम छ । उसमा देखिएको अस्वाभाविक लक्षण हटाउन आकाशलाई औषधि खुवाइएको छ । उसको अवस्थालाई आफैले नबुझ्ने बेलासम्म यस्तो औषधि दिइनुपर्ने चिकित्सक बताउछन् ।

स्रोत : डेली मेल र हिन्दुस्तान टाइम्स

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर