Aamsanchar

२१ गुण्डा पक्राउ

Author Image
मङ्गलवार, जेठ १८, २०७३

pakrau
काठमाडौं—

प्रहरीले केही समयअघि एकआपसमा भिडन तयारी अवस्थामा रहेका २१ जना गुण्डालाई पक्राउ गरेको छ। ललितपुर प्रहरीले सातदोबाटो पौडीपोखरी नजिकबाट दुई समुहमा विभाजन भएर झगडा गरिरहेका २१ जनालाई नियन्त्रणमा लिएका हो।

परिसरका एसएसपी पिताम्बर अधिकारीका अनुसार ललितपुरका विभिन्न स्थानमा गरिएका जंगा प्लटिङको बिषयमा उत्पन्न विवाद समाधानका नाममा बादविवादमा उत्रिएका ब्यवसायी सहित नाम चलेका गुण्डा नियन्त्रणमा लिएको बताए। उनका अनुसार इमाडोलमा उमेश श्रेष्ठ, राम लामा, हरिबहादुर थापा र शान्तबहादुर शाहीले संयुक्त लगानीमा जंगा प्लटिङ गरेका थिए।

पछि लगानीका बिषयमा विवाद उत्पन्न भएपछि श्रेष्ठ र लामा तथा शाही र थापा विभाजन भएर आफ्नो शक्ति प्रर्दशनका लागि नाम चलेका पेशेवर गुण्डा बोलाएको अधिकारीले बताए ।

परिसरका अनुसार ललितपुर र काठमाडौंमा विभिन्न घटनामा मुछिएका ब्यक्ति समेत पक्राउ परेका छन। एसपी अशोक सिंहले मिनकृष्ण गोली काण्ड र काठमाडौंमा भएका विभिन्न घटनामा मुछिएका ब्यक्ति नियन्त्रणमा लिएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर