Aamsanchar

पाँचथरमा जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या ७ पुग्यो

Author Image
बुधवार, जेठ १९, २०७३

पाँचथर

chyau

पाँचथरमा जंगली च्याउ खाएर दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर बिरामी परेका छन् । गएको शुक्रबार जंगली च्याउ खाएर बिरामी भएकी थर्पु–६ की पुष्पलता माबोको धरानमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो ।

यस्तै जंगली च्याउकै कारण फिदिम–३ का ३५ वर्षका बसन्त राईको बुधबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । बसन्तको घरमै ज्यान गएको हो । जंगली च्याउ खाएका फिदिम–३ का निशेष राई गम्भीर विरामी भएका छन् । निशेषको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि धरन स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

पाँचथरमा पछिल्लो १० दिनमा जंगली च्याउ खाएर सात जनाको ज्यान गएको छ । १० जना गम्भीर बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार  आङ्ना–१ का विरेन्द्र माङ्लाककी ५ वर्षकी छोरी सोनिकाको जेठ १० गते ज्यान गएको थियो । च्याउको तरकारी खाँदा बिरामी भएकी उनको उपचारका लागि झापा लाँदै गर्दा माटोमै ज्यान गएको थियो ।

यस्तै आङ्ना–१ निवासी मनकुमारी माङ्लाकको जेठ १५ गते नोबल अस्पताल विराटनगरमा उपचारको क्रममा ज्यान गयो । आङ्ना–१ कै विरेन्द्र माङ्लाककी १३ वर्षकी छोरी कविता, श्रीमती पदममाया तथा  थर्पु–६ का धनबहादुर माबोकी ११ वर्षकी छोरी एलिजा माबोको जेठ १५ गते नै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर