Aamsanchar

विदेशका गलैंचा र कार्पेट अब बिर्तामोडमै पाइने

Author Image
बुधवार, जेठ १९, २०७३

h
बिर्तामोड।
बेल्जियम, दुबई, टर्की लगायतका मुलुकबाट गलैंचा, कार्पेट जस्ता फर्निसिङका सामान सोझै झापाको बिर्तामोड ल्याई विक्री वितरण शुरु भएको छ ।
खड्का ब्रदर्शले बिर्तामोडमा हलेसी फर्निसिङमार्फत ति गलैंचा तथा कार्पेटको विक्री वितरण शुरु गरेको हो । झापा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले समारोहकाबीच हलेसी फर्निसिङको बुधवार रीवन काटेर उद्घाटन गरे । अध्यक्ष कार्कीले आधुनिक मोडलका फर्निसिङका सामग्री विर्तामोडमै उपलब्ध हुन थालेकोमा खुशी समेत व्यक्त गरे । हलेसी फर्निसिङ शनिश्चरे रोडबाट अतिथि सदन जाने बाटो बिर्तामोड–६मा रहेको छ ।

h1
आधा करोड रुपैयााको लगानीमा शुरु गरिएको हलेसी फर्निसिङको सञ्चालनमा नवराज खड्का, प्रेम खड्का र नितेष खड्का रहेका छन् । विश्वका विभिन्न मुलुकबाट काठमाडौंपछि सोझै झापामा आधुनिक मोडलका गलैंचा कार्पेट लगायतका फर्निसिङ सामग्री होलसेल तथा खुद्रा रुपमा विक्री वितरण गरिने सञ्चालक प्रेम खड्काले बताए ।

हलेसी फर्निसिङमा गलैचा कार्पेटका साथै पर्दा, बेड कभर, सिरानी, कुसन, शोफाको कपडा, फर्म, डोरम्याट, व्लाङ्केट, कुर्सी लगायत आधुनिक मोडलका सामग्री उपलब्ध रहेको बताइएको छ । खड्का ब्रदर्शले काठमाडौंमा आरोमा मेनपावर कम्पनी र विराटनगरमा बास्किन एण्ड रविन्स आइसक्रिम व्यवसाय पनि सञ्चालन गरेको छ ।

h2
कार्यक्रममा लक्ष्मी फर्निचरका सञ्चालक लक्ष्मण खड्का, नेपाल रेडक्रस सोसाइटी झापाका जिल्ला सदस्य तथा टीभीएस मोटरसाइकलको विर्तामोडस्थित विक्री केन्द्रका सञ्चालक हेम खड्का लगायतले बिर्तामोडको माग र आवश्यकता अनुसार हलेसी फर्निसिङले सेवा दिने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 461

प्रतिक्रिया (०)

सम्बन्धित खबर