Aamsanchar

बलिउड हास्य अभिनेता रज्जाक खान रहेनन्

Author Image
बुधवार, जेठ १९, २०७३
एजेन्सीः
index r
बलिउड हास्य अभिनेता रज्जाक खानको हृदयघातका कारण निधन भएको छ ।

हृदयघात भएपछि मंगलबार भारतको एक अस्पतालमा भर्ना भएका रज्जाकको बुधबार बिहानका राती निधन भएको हो।

रज्जाकले मुम्बईको होली फेमिली अस्पतालमा बुधबार बिहानका राती १२:३० बजे अन्तिम सास फेरेको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् । करिब एक सय फिल्ममा काम गरेका रज्जाक पछिल्ला दिनमा कमेडियन कपिल शर्माको ‘कमेडी नाइट्स विथ कपिल’मा गोल्डेन भाइको भूमिकामा चर्चित थिए ।

रज्जाकको निधनमा उनका समकालिन अभिनेताले शोक व्यक्त गरेका छन् । उनी बलिउडका खुब चल्तीका हास्य कलाकार थिए रज्जाकले शाहरुख खान स्टार ‘बादशाह’, सलमान खान स्टार ‘हेलो ब्रदर’ सँगै गोविन्दा अभिनित ‘आखियो से गोली मारे’ लगायतका चलचित्रबाट चर्चा कमाएका थिए ।

रज्जाक बलिउडको हाँस्य अभिनयमा सदाबहादर मानिन्थे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 360

प्रतिक्रिया (०)

सम्बन्धित खबर