Aamsanchar

मनिषाको मृत्यु थप रहस्यमय

Author Image
बुधवार, जेठ १९, २०७३

manisa

नवलपरासी ।

राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ ।

मृत्युमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को पोलिग्राफ परीक्षण प्रतिवेदन र मनिषाको शवको परीक्षण प्रतिवेदनको आधारमा मृत्यु प्रकरण थप रहस्यमय हुनुको साथै अनुसन्धान थप जटिल बनेको प्रहरीले बताएको हो ।

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा घटनाको सूष्मरुपमा अनुसन्धान भइरहेको र हालसम्मको अनुसन्धानका क्रममा सो घटना हत्या हो वा होइन भन्नेबारे केही भन्न नसकिने प्रहरीले भनाइ छ ।

पत्रकार सम्मेलनमा आशिषको पोलिग्राफ परीक्षण प्रतिवेदनअनुसार आशिषले मनिषाको हत्या नगरेको देखिएको पोलिग्राफ परीक्षणमा संलग्न क्षेत्रीय प्रहरी कार्यालयका पोखराका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताउनुभयो । पाण्डेले भन्नुभयो “आशिषको पोलिग्राम रिपोर्टअनुसार आशिषले मनिषाको हत्या नगरेको देखिन्छ” यद्यपि थप अनुसन्धान जारी छ ।

यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालले मनिषाको शवको परीक्षण गरेको प्रतिवेदनअनुसार मनिषाको मृत्युको मुख्य करण घाटीमा दबाब परेको भएको प्रतिवेदनमा उल्लेख छ ।

यता विभिन्न सञ्चारमाध्यम र आम जनमानसको यो घटनाप्रति बढी रुपमा चासो देखिएको हालसम्म भएको अनुसन्धानबारे पत्रकार सम्मेलन आयोजना गरी हालसम्मको अनुसन्धानत्मक अवस्थाबारे जानकारी दिइएको लुम्बिनी अञ्चल कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेरबहादुर केसीले बताउनुभयो ।

केसीले भन्नुभयो “घटनाको बारे अहिले केही भन्न सकिने अवस्था छैन, शव परीक्षण गर्ने चिकित्सकसँग पनि छलफल गर्ने छौँ । अझै घटनाको प्रष्ट वितरण आउन दुई साता लाग्ने छ ।”

प्रहरीले अहिलेसम्मको प्रारम्भिक अनुसन्धानका क्रममा आशिषले मनिषाको सिधै हत्या नगरेको भए पनि आशिषकै कारण मनिषाको मृत्युको कारण रहेको प्रारम्भिक अनुमान गरेको छ ।

मनिषा नवलपरासीको बर्दघाट–८ पञ्चनगर भानुनगर गाउँस्थित आप्mनै घरमा गत बिहीबार बिहान मृत अवस्थामा फेला परेकी थिइन् । मनिषाको हत्या भएको आशङ्कामा प्रहरीले मनिषाका प्रेमी नवलपरासी तिलकपुरका रुद्रनारायण चौधरी (आशिष)लाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर