Aamsanchar

भारत र पाकिस्तान च्याम्पियन्स ट्रफीमा एकै समूहमा

Author Image
बुधवार, जेठ १९, २०७३

kir

काठमाडौं ।

अर्को बर्ष इंग्ल्याण्डमा हुने आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान एकै समूहमा परेका छन् ।

२०१७ मा हुने च्याम्पियन्स ट्रफीको ड्र बुधबार सार्वजनिक भएको छ । जसको समूह बीमा भारत र पाकिस्तान छन् । श्रीलंका र दक्षिण अफ्रिकामा पनि यही समूहमा छ ।

यसैगरी समूह ए मा अष्ट्रेलिया, न्यूजिल्याण्ड, इंग्ल्याण्ड र बंगलादेश परेका छन् ।

सेप्टम्बर ३० मा आईसीसीको ओडीआई र्‍याङ्किङमा परेका शीर्ष आठ टिम प्रतियोगिताका लागि छनोट भएका हुन् । वेष्ट इण्डिज र जिम्बावे भने छनोट हुन असफल भए ।

प्रतियोगिताको उद्घाटन खेल इंग्ल्याण्ड र बंगलादेशबीच जुन १ मा हुनेछ । फाइनल खेल १८ तारिखमा हुनेछ ।

प्रतियोगिताको टिकट विक्री सेप्टेम्बर १ बाट सुरु हुनेछ र ३० तारिखमा बन्द हुनेछ । बाँकी बसेका टिकटहरु भने अक्टोबरमा विक्री गरिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर