Aamsanchar

प्रदेश नम्बर १ मा एमाले निकट कर्मचारी

Author Image
बिहिवार, जेठ २०, २०७३

उर्लाबारी (मोरङ) ।

निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको निर्वाचनमा प्रदेश नम्बर १ को प्रायः सबै जिल्लामा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनले प्रथम स्थान हात पारेको छ ।

बुधबार भएको टे«ड युनियनको निर्वाचनमा प्रदेश नम्बर १ का जिल्लामा कर्मचारी सङ्गठन प्रथम भएको हो । मोरङमा एमाले नेपाल कर्मचारी सङ्गठनले ६०५, काँग्रेस निकट नेपाल कर्मचारी सङ्घले ४०४, मधेसवादी दल निकटले १५३, माओवादी निकट राष्ट्रिय कर्मचारी सङ्गठनले ८४ र स्वतन्त्र कर्मचारी मिलन केन्द्रले ६३ मत ल्याएका छ । कुल मतदाता एक हजार ४०९ रहेकामा एक हजार ३६२ मत खसेको थियो ।

यस्तै, सुनसरीमा एमाले निकट कर्मचारी सङ्गठनले ४८८, काँग्रेस निकट नेपाल कर्मचारी सङ्घले २०९, मधेसवादी दल निकट १०७, माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी सङ्गठनले ५३, वैद्य माओवादी तीन र स्वतन्त्र कर्मचारी मिलन केन्द्रले ७१ मत ल्याएको छ । कुल मतदाता एक हजार ५८ रहेकामा ९५४ मत खसेको थियो ।

झापामा एमाले निकट कर्मचारी सङ्गठनले ४८०, काँग्रेस निकट नेपाल कर्मचारी सङ्घले ३६०, मधेसवादी दल निकट ७९, माओवादी निकट राष्ट्रिय कर्मचारी सङ्गठनले ६९, वैद्य माओवादी दुई र स्वतन्त्र कर्मचारी मिलन केन्द्रले सात मत ल्याएको छ ।

भोजपुरमा एमाले निकट कर्मचारी सङ्गठनले १७६, काँग्रेस निकट नेपाल कर्मचारी सङ्घले ६४, माओवादी निकट राष्ट्रिय कर्मचारी सङ्गठनले ३३ र स्वतन्त्र कर्मचारी मिलन केन्द्रले ४३ मत ल्याएको छ । प्रदेश नम्बर १ का अन्य जिल्ला सोलुखुम्बु, खोटाङ, ताप्लेजुङ, पाँचथर, इलाम र उदयपुरमा पनि एमाले निकट कर्मचारी सङ्गठनले प्रथम स्थान हासिल गरेको छ ।

उदयपुरमा कर्मचारी सङ्गठन

यसैबीच, कर्मचारी टे«ड युनियनको बुधबार भएको निर्वाचनमा उदयपुरमा नेकपा (एमाले) निकट निजामती कर्मचारी सङ्गठन विजयी भएको छ ।

एमाले निकट कर्मचारी सङ्गठनले खसेको कुल मतमध्ये २४६ मत प्राप्त गरेर विजयी भएको नेपाल निजामती कर्मचारी सङ्गठन उदयपुरका अध्यक्ष देवराज कोइरालाले बताउनुभयो ।

यस्तै, नेपाली काँग्रेस पार्टी निकट कर्मचारी युनियन (सङ्घले) ११५ मत प्राप्त गरेर दोस्रो स्थानमा विजय हासिल गरेको कुरा कर्मचारी युनियन उदयपुरका अध्यक्ष मानबहादुर बमले बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्र निकट राष्ट्रिय कर्मचारी सङ्गठनले १०४ मत प्राप्त गरेको छ भने मधेसी कर्मचारी मञ्चले ४४ मत गरेको सम्बद्ध कर्मचारीले बताउनुभयो । जिल्लामा बुधबार भएको टे«ड युनियन कर्मचारीका लागि सम्पन्न भएको निर्वाचनमा ५३४ मत खसेको थियो भने २१ बदर भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर